एकाएक राजनीतिमा उदाए बिकास, जागिर छाडेको दुई महिनामै बने वडाध्यक्ष

Posted on: 16 May, 2017

पर्वत, २ जेठ । झण्डै २१ वर्ष लामो प्रहरीको जागिर छाडेको दुई महिनामै यहाँका एक युवा वडाध्यक्षमा निर्वाचित भएका छन् ।

पर्वत जिल्लाको मोदी गाउँपालिका २ देउपुर निवासी विकास तिमिल्सिना मंगलवार भारी मतका साथ वडा अध्यक्षमा  बिजयी भएका हुन् । नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेको उनी ७ सय १४ मत प्राप्त गरी बिजय भएका हुन् । दुई दशकभन्दा बढि जागिर गरेपछि अब घरमै बसेर कृषि पेशा अगाल्ने र समाजसेवामा समेत क्रियाशिल हुने सोच बनाएर उनले गत फागुनमा जागिरबाट राजीनामा दिएका थिए । प्रहरी सहायक निरिक्षक पदमा रहेर नेपालकै उत्कृष्ट ट्राफिक प्रहरीको मानपदबी समेत भिरेका तिमिल्सिना एकाएक राजनीतिमा उदाएका हुन् । जागि छाड्ने बेला स्थानिय चुनावको चर्चा पनि थिएन र मैले उम्मेदवारी दिने सोच पनि बनाएको थिईन तर विस्तारै गाउँलेहरुको सुझावका कारण उम्मेदवारी दिएको हुँ संयोगबस आज बिजयी हुँदा निकै खुसी लागेको छ ट्वान्टीफोर संचारसँग भने ।

उनले अब समाज सेवामा सक्रिय भएर लाग्ने प्रण समेत गरेका छन् । गाउँको विकास निर्माणसँगै स्थानियस्तरको चौतर्फि विकासमा मेरो बाँकी जीवन बिताउने योजना बनाएको छु उनले भने ।

विद्यार्थी कालमा रहँदा २०४० सालदेखि २०४८ सालमै एमाले निकट विद्यार्थी संगठन अनेरास्वियूमा रहेर सक्रिय राजनीति गरेका तिमिल्सिना पछि जागिरमा प्रवेश गरेपछि राजनीतिबाट ओझेलमा रहेका थिए । प्रहरीमा छँदा पनि उनको उत्तिकै वाहिवाही पाएका थिए । प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालमा पालामा उनले उत्कृष्ट ट्राफिक प्रहरीको रुपमा पुरस्कृत समेत भएका थिए ।

http://24sanchar.com/wp-content/uploads/2017/05/


उनले भने मेरो बाबुको समाजप्रतिको योजना र मैले सामाजिक, सरकारी तथा कालाकारीताको क्षेत्रमा पु¥याएको योगदानको  मुल्यांकन आम गाउँबासीले गरेको जस्तो अनुभूति भएको छ ट्वान्टीफोर संचारलााई भने । लामो समयको जागिरे अनुभवसँगै आफुमा समाज विकासको अनुभव र इच्छाशक्ति समेत भएकाले अब आफ्ना सम्पूर्ण शक्ति मोदी गाउँपालिका २ मा खर्चिने उनको भनाई छ ।

उनि प्रहरी जागिरे मात्र नभएर सफल कलाकार समेत रहेका छन् । दर्जनौ लोकगीतका सर्जक तथा गायक समेत रहेका उनि लोकप्रिय प्रहरीका रुपमा समेत कहलिएका थिए ।

जागिरको दौरानमा नुवाकोट, चितवन, गोरखा, कपिलबस्तु, काठमाण्डौ, म्याग्दी, पर्वत, बागलुङ लगायतका जिल्लामा बसेका उनि अब आफ्नै गाउँलाई माथि उठाउनका लागि सेवामा लाग्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । उमेरले ४१ वर्ष पुगेका तिमिल्सिना बिजयी भएपछि मोदी गाउँपालिकाबासिहरु समेत उत्साहित भएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!