जुम्लाको १ गाउँपालिकामा एमालेको जित, उपप्रमुख माओबादि

Posted on: 17 May, 2017

नन्दराम जैशी | जेठ ३, जुम्ला । जुम्लाको तिला गाउँपालिकाको प्रमुखमा नेकपा एमाले र उपप्रमुखमा माओवादि केन्द्र विजयी भएको छ । 

गाउँपालिकाको प्रमुखमा नेकपा एमालेका रतननाथ योगी र उपप्रमुखमा माओवादि केन्द्रका विष्णुमाया बुढा विजयी हुनु भएको हो । 

रतननाथ योगिले १६ सय ६८ मत प्राप्त गर्दे प्रमुखमा विजयी हुनु भएको छ । भने, उहाँका निकटतम प्रतिद्धन्द्धी माओवादि केन्द्रका जंगवहादुर बस्नेतले १६ सय ४४ मत प्राप्त गर्नु भएको छ । उपप्रमुखमा माओवादि केन्द्रका विष्णुमाया बुढाले १७ सय ४४ मत प्राप्त गर्दे विजयी हुनु भएको छ । भने उहाँका निकटमत प्रतिद्धन्द्धी नेकपा एमालेका विष्णुकली रावतले १६ सय १३ मत प्राप्त गरि पराजित हुनु भएको छ ।        

यस बिषयमा तपाइको प्रतिक्रिया...!