फलेबास नगरपालिकामा एमाले बिजयी

Posted on: 17 May, 2017

पर्वत ।  पर्वतको फलेबास नगरपालिकामा एमालेले जित हात पारेको छ । एमालेबाट मेयरका उम्मेदवार बनेका पदमपाणी शर्मा फलेबास नगरपालिकाको मेयरमा विजयी भएका हुन् ।  उनले नेपाली काँग्रेसका गंगाधर तिवरीलाई ३ सय ४८ मत अन्तरले हराउँदै बिजयी बनेका हुन् ।

शर्माले ६ हजार १ सय ३ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका गंगाधर तिवारीले ५ हजार ७ सय ५५ मत प्राप्त गरेका छन ।

त्यस्तै उप मेयरमा एमालेका मन्जु अधिकारी प्यासीले ५ हजार ९ सय ४४ मत प्राप्त गरेकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वि काँग्रेसका रेखा गुरुगले ५ हजार ६ सय ४९ मत प्राप्त गरेकी हुन् ।

पर्वतका युवा नेताका रुपमा परिचित शर्मा नेकपा एमाले पर्वतका सचिब हुन् । एमालेको भातृ संगठन अनेरास्वबीयूका पूर्व केन्द्रीय सदस्य समेत रहेका शर्मा विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!