कुश्मा नगरपालिकामा काँग्रेसका रामचन्द्र जोशी बिजयी

Posted on: 18 May, 2017

पर्वत ४ जेठ । पर्वतको कुश्मा नगरपालिकामा नेपाली काँग्रेसका रामचन्द्र जोशी विजयी हुनुभएको छ ।

जोशीले एमालेका मेघनाथ सुबेदीलाई ८ सय १८ मत अन्तरले बिजयी भएका छन् । काँग्रेसका जोशीको पक्षमा ८ हजार ५७ मत प्राप्त भएको छ भने एमालेका सुबेदीको पक्षमा ७ हजार २ सय ३९ मत प्राप्त भएको छ ।

उपमेयरमा नेपाली काँग्रेसका सीता काफ्ले लामिछाने विजयी हुनुभयो ।  उहाँले नेकपा एमालेका मुवाकुमारी शर्मालाई १ हजार ३ सय ९८ मत अन्तरले पराजित गर्नुभयो । लामिछानेले ८ हजार ४ सय १९ मत ल्याउँदा एमाले उम्मेदवार शर्माले ७ हजार २३ मत प्राप्त गनुभएको छ ।


कुश्मा नगरपालिकाका १४ वटा वडा मध्ये नेकपा एमालेले ८ र नेपाली काँग्रेसले ६ वटा वडामा बिजयी हासिल गरेको छ ।

यसरी पर्वतका सबै नगर र गाउँपालिकाको मतगणना सकिएको छ । पर्वतका २ नगरपालिका र ५ गाउँपालिका मध्ये एमालेले १ नगर पालिका र ३ गाउँपालिकामा सहित चार ठाउँमा विजयी भएको छ भने काँग्रेस १ नगरपालिका र २ गाउँपालिकामा विजयी भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!