यस्तो छ रौतहटको नयाँ स्थानीय संरचना

Posted on: 24 May, 2017

जेठ १०, रौतहट | सरकारले रौतहटको गौर नगरपालिकाको ७ वटा वडालाई समेटेर छुट्टै राजदेवी नगरपालिका गठन गरेको छ । यसको केन्द्र राजदेवी गाविसको कार्यालयलाई तोकिएको छ ।

यस्तै गौर नगरपालिकाको १३ नम्बर वडा र अन्य दुई गाउँपालिकाको केही वडालाई समेटेर नयाँ यमुनामाई गाउँपालिका गठन गरिएको छ । गाउँपालिकाको केन्द्र सरुअठा गाविसको कार्यालयलाई तोकेको छ ।

यस्तै बौधीमाई गाउँपालिका, वृन्दावन गाउँपालिका, देवाही गोनाही गाउँपालिका र गढीमाइ गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नती गर्ने निर्णय गरेको छ । गजुरा, कटहरीय, माधवनारायण, ईशनाथ, परोहा, राजपुर, फतुवा विजयपुर र मौलापुर गाउँपालिकालाई पनि नगरपालिकामा स्तर उन्नती गर्ने निर्णय गरेको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!