निर्वाचन भयरहित वातारवरणमा सम्पन्न गर्न डडेल्धुराका राजनितिक दल प्रतिबद्ध

Posted on: 26 May, 2017

ललित बोहरा | जेठ १२, डडेल्धुरा | जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचन भयरहित वातारवरणमा सम्पन्न गर्न डडेल्धुराका राजनितिक दलले प्रतिबद्धता जनाएका छन् ।

शुक्रबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी जनक राज भट्टको संयोजकत्वमा बसेको बैठकमा जिल्ला स्थित सबै राजनीति दलहरुले उक्त प्रतिबद्धता जनाएका हुन् ।

निर्वाचन अघि वा निर्वाचन पछि देखा पर्ने समस्या आपसी छलफलको माध्यमबाट समाधान गर्न निर्वाचन समस्या सामाधान समिति पनि गठन गरिने भएको छ ।

त्यस्तै निर्वाचन आयोगद्धारा जारी गरिएको आचार संहिता पुर्ण रुपले पालना गर्ने र  निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने–नगराउनेमा पनि राजनितिक दलले प्रतिबद्धता जनाएका छन् ।

निर्वाचनको बिरोध गर्ने पक्षको सामुहिक रुपमा सामना गर्ने, निर्वाचनमा खटिने सबै कर्मचारी बिच आपसि सम्बन्ध र समन्वय कायम गर्न सबैले आ–आफ्नो भुमिका निर्वाह गर्ने, आफ्ना कार्यकर्तालाई संयमित भएर चुनावि गतिविधि गर्न निर्देशन दिने लगायतका प्रतिबद्धता राजनितिक दलले जनाएका छन् ।

प्रमुख जिल्ला अधिकारी जनक राज भट्टको संयोजकत्वमा सुरक्षा निकायका प्रमुख, जिल्ला स्थित राजनितिक दलका प्रमुख समेत रहने गरि निर्वाचन समस्या सामाध समिति गठन गरिन लागेको नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष्य बिरेन्द्र बस्नेतले जानकारी दिएका छन् ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!