भोजपुरमा एमाले एक्लै, तीन दलले गरे तालमेल

Posted on: 30 May, 2017

जेठ १६, भोजपुर । भोजपुरका सबै ९ वटै स्थानीय तहमा कांग्रेस, माओवादी र संघीइ समाजवादीले भने चुनावी तालमेल गर्ने भएपछी एमाले एक्लिएको छ ।

दोश्रो चरणको निर्वाचनमा कसैसँग तालमेल नगर्ने जनाएको एमालेले भोजपुरमा पनि एक्लै चुनाव लड्ने भएको छ । जिल्लामा एमालेविरुद्ध कांग्रेस, माओवादी केन्द्र र संघीय समाजवादी फोरमबीच चुनावी तालमेल गर्दैछन । हालसम्म टेम्के मैयुङ गाउँपालिका र सिल्पा सिलिछो गाउँपालिकामा तीन दलबीच तालमेल भइसकेको छ भने अन्य स्थानीय तहमा पनि तालमेलका लागि छलफल भइरहेको छ ।

टेम्के मैयुङ गाउँपालिकामा संघीय समाजवादीका अध्यक्ष उम्मेदार रामसिंह राईलाई कांग्रेस र माओवादीले समर्थन गरेका छन् ।

जिल्लाभरि एमालेविरुद्ध तालमेल गरेर जाने बारे छलफल भइरहेको संघीय समाजवादीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!