डडेल्धुरामा राष्ट्रिय सरसफाई सप्ताह अन्तरगत एक दिने अन्तरक्रिया

Posted on: 07 Jun, 2017


ललित बोहरा/जेठ २४, डडेल्धुरा । डडेल्धुरामा सोमबार देखि सुरु भएको १८ औँ राष्ट्रिय सरसफाई सप्ताह अन्तरगत विभिन्न कार्यक्रमको  आयोजना भईरहेका छन् ।

 सप्ताहको दोस्रो दिन  बुधबार बजार सरसफाई फोहर ब्यबस्थापन सम्बन्धी एक दिने सरोकारवालाहरु र उद्योग वाणिज्यका सदस्य तथा अमरगढी नगरपालीका भित्रका ब्यापारीहरुसंग अन्र्तक्रिया गरेको छ ।

 खानेपानी तथा सरसफाई डिभिजन कार्यालय डडेल्धुराको मुख्य आयोजनामा बजार सरसफाई तथा फोहर ब्यबस्थापन अन्तरक्रिया गरीएको हो ।  

 कार्यक्रममा फोहरको मुख्य स्रोत रहेको तरकारी बजारलाई कसरी ब्यबस्थापन गर्ने भने प्रमुख बिशेष बनाईएको थियो । तरकारी पसलहरुलाई उद्योग वाणिज्य संघले बनाएका रिसी खोला जाने स्थानका जस्ताको भवनहरुमा पसल सार्न लगाउने देखी सडक फराकीलो बनाउनु पर्ने सम्म कार्यक्रममा छलफल भएको छ ।

 छलफलमा बुझाब दिदैँ उद्योग वाणिज्य संघ डडेल्धुरा कोषाध्यक्ष दिपक महताले बजार सरसफाई गर्न धेरै प्रयासहरु गरेर ब्यपारी र घरधनी सचेत नभएकाले अब  नगर प्रहरी खटाउनु र जरीवाना गर्ने बाहेक अरु बिकल्प नभएको बताएका थिए ।

 यस्तै कार्यक्रमका अध्यक्ष तथा अमरगढी नगरपालीका कार्यकारी प्रमुख मंगल बहादुर शाहीले नगरपालीकाको क्षमता, स्रोत साधन, बजेटले पुग्ने गरी सरसफाई कार्यक्रम गरी रहेको र अब निर्वाचीत हुने नगर प्रमुखले सबै नगरको बिकाश गर्ने भएकाले यस बारे धेरै छलफल गर्न आबश्यक नरहेको बताए । उनले आफुहरुले गर्ने काममा पहिलो दबाब राजनीतीक दलहरुको आउने भएकाले त्तकाल तरकारी पसलहरु सार्न, घर ब्यबस्थापन लगायतका क्रियाकलाप नगर्ने समेत जानकारी दिएका थिए ।  

 सरसफाई सप्ताह अन्तरगते सोमबार बागबजार देखि जिल्ला समन्वय समितिको कार्यालय सम्म सरसफाई गरेको थियो ।  

 सप्ताहलाई सम्पन्न गर्न अमरगढी नगरपालिका, डडेल्धुरा स्थित बिभिन्न सरकारी तथा गैर सरकारी कार्यालयले आर्थिक तथा भौतिक सहयोग गरी रहेको खानेपानी तथा सबडिभीजन कार्यालयका सरसफाई संयोजक उद्धब देउवाले जानकारी दिएका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!