एमालेद्वारा विर्तामोड नगरका उम्मेदवार घोषणा

Posted on: 09 Jun, 2017

जेठ २६, काँकडभिट्टा । नेकपा (एमाले) बिर्तामोड नगरपालिकाका प्रमुख र उपप्रमुखसहित सबै वडाका उम्मेदवार आज सार्वजनिक गरिएको छ । 

झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा नगर प्रमुखमा धुव्रकुमार शिवाकोटी र उपप्रमुखमा पवित्रा महतारासहित १० वटै वडाका उम्मेदवार घोषणा गरिएको हो । 

एमालेले बिर्तामोड नगरको वडा नं. १ मा अग्निप्रसाद पाण्डे, २ मा नगेन्द्र प्रसाद सङ्ग्रौला, ३ मा अमृतबहादुर बुढाथोकी, ४ मा नन्दलाल खरेल, ५ मा राजेन्द्रप्रसाद लिङ्देन, ६ मा गणेशकुमार कन्दङवा, ७ मा टीकाराम खरेल, ८ मा शेखर कँडेल, ९ मा पवित्रा पाठक र १० मा राजेन्द्र कडरियालाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!