एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल

Posted on: 12 Jun, 2017

जेठ २९, पाल्पा । पाल्पाको रामपुर नगरपालिकामा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच चुनावी तालमेल भएको छ । 

एमालेका जिल्ला अध्यक्ष नारायणप्रसाद आचार्य र माओवादी केन्द्रका जिल्ला इन्चार्ज वसन्त शर्माद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा चुनावी तालमेल गरेर मतदानमा एकअर्कालाई सहयोग गर्ने जनाइएको छ । 

रामपुर नगरपालिकाको नगर प्रमुख र उपप्रमुख पदमा एमालेलाई माओवादी केन्द्रले सहयोग गर्ने तथा नगरका १० वटा वडामा दुवै पार्टीबीच पद बाँडफाँड गरिएको सहमतिमा उल्लेख छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!