सङ्घीय समाजवादी फोरम नेपालबाट उम्मेदवारी घोषणा

Posted on: 16 Jun, 2017

असार २, झापा । सङ्घीय समाजवादी फोरम नेपालले आसन्न स्थानीय तहको निर्वाचनमा विर्तामोड नगरपालिकाका प्रमुखसहितका पदमा उम्मेदवारी घोषणा गरेको छ । 

सो पार्टीले आज विर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी नगरभित्र रहेका सडकको स्तरोन्नती गर्ने, मापदण्ड पूरा भएका सडकको कालोपत्रे गर्ने, नगरमा कृषि, पशुपालन, फलफूलमा आधारित व्यावसायिक खेतीको विकास र विस्तार गर्ने तथा उन्नत बीउबीजनका लागि कृषि सामग्री र बजारको व्यवस्था गर्ने लगायतका ११ बुँदे प्रतिबद्धतासहित नगरप्रमुखलगायत पदका लागि उम्मेदवारी घोषणा गरेको हो । 

विर्तामोड नगरपालिकाको प्रमुखमा पदमबहादुर तामाङ र उपप्रमुखमा चीजा राईलाई उम्मेदवार बनाएको सो पार्टीका वैकल्पिक केन्द्रीय उपाध्यक्ष कृष्णउदाश भरतले बताउनुभयो । 

यसैगरी विर्तामोड नगरपालिकाका वडा अध्यक्षहरुमा क्रमशः वडा नं– १ मा रिनामाया तामाङ, ३ मा हरिनारायण चौधरी, ४ मा रामनारायण चौधरी, ५ मा तीलबहादुर राई, ६ मा वीरेन मेचे र वडा नं. १० मा लक्ष्मी देवानलाई उम्मेदवार बनाइएको उहाँले जानकारी दिनुभयो । 

सो अवसरमा पार्टीका वैकल्पिक केन्द्रीय उपाध्यक्ष भरतले भन्नुभयो–“नगरमा रहेका नगरवासीलाई निःशुल्क स्वास्थ्य र शिक्षाको व्यवस्थासहित सर्वसुलभ स्वास्थ्य बिमा सबैको गर्ने र घर÷घरमा रोजगारीको अवसर सिर्जना गर्दै समृद्ध विर्तामोड निर्माणका लागि पार्टीले उम्मेदवारी दिएको हो ।” रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!