डडेल्धुरामा उम्मेदवारी दर्ता सम्पन्न, चार महिलाको प्रमुख पदमा उम्मेदवारी

Posted on: 18 Jun, 2017


ललित बोहरा | असार ४, डडेल्धुरा  | दोस्रो चरणको स्थानिय तहको निर्वाचन अन्र्तगत असार ४ गते उमेदवारी दर्ताको काम सम्पन्न भएको छ । डडेल्धुरा जिल्लाका ७ ओटै स्थानिय तहमा उत्साहका साथ उमेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । असार ४ गते विहान देखी राजनितिक दलहरुले उत्साहका साथ उमेदवारी दर्ता गरेका छन् ।

राजनितिक दलहरुका तर्फबाट अमरगढी नगरपालिमा पहिलो नेकपा एमालेले उमेदवारी दर्ता गरेको छ । एमालेबाट नगरप्रमुखमा विपिन ओझाले उमेदवारी दर्ता गर्नु भएको छ । उप प्रमुखमा एमालेबाट संगिता भण्डारीले उमेदवारी दर्ता गर्नु भएको छ ।

यस्तै नेपाली कांग्रेसबाट नगर प्रमुखमा डिल्लीराज जोशीले उमेदवारी दर्ता गर्नु भएको छ भने उपप्रमुखमा पार्वती देवी झुकाल रहनु भएको छ ।

माओवादी केन्द्रले अमरगढी नगरपालिकामा महिलालाई प्रमुखमा उमेदवार बनाएको छ । माओवादी केन्द्रका तर्फबाट शोभा भट्ट नगर प्रमुखमा उमेदवारी दर्ता गर्नु भएको छ भने उपप्रमुखमा करुणाकर ओझा रहेका छन् ।

यसैगरि अमरगढी नगरप्रमुखमा राप्रपाले पनि महिला उमेदवार अमिता थापा लाई उमेदवार बनाएको छ । उपप्रमुखमा राजेन्द्र भण्डारीले उमेदवारी दर्ता गर्नु भएको छ ।

यस्तै नयाँशक्ति पार्टी नेपालका तर्फबाट नगरप्रमुखमा अस्मि सिनालको उमेदवारी परेको छ भने उपप्रमुखमा टेकराज भट्टको उमेदवारी रहेको छ ।


राष्ट्रिय जनमोर्चाका तर्फबाट नगरप्रमुखमा नरेश झुकालको उमेदवारी परेको छ । यसैगरि स्वतन्त्र बाट नगरप्रमुखमा नरभान पार्कीको उमेदवारी परेको छ ।

यसैगरि जिल्लाको जनसंख्या तथा भौगोलिक रुपमा रमेत ठुलो परशुराम नगरपालिकामा समेत मुख्य राजनितिक दल र स्वतन्त्र  उमेदवारहरुले समेत उमेदवारी दर्ता गरेका छन् । परशुराम नगरपालिकामा नेपाली कांग्रेसबाट नगरप्रमुखमा भिम बहादुर साँउदले उमेदवारी दर्ता गराएका छन् भने उपप्रमुखमा कलावती देवी बोहराको उमेदवारी परेको छ । यस्तै नेकपा एमालेका तर्फबाट नगरप्रमुख पदमा तारी सिंह बोहरा र उप प्रमुखमा दमयन्ती धामीले उमेदवारी दिएका छन् यस्तै माओवादी केन्द्रका तर्फबाट नगरप्रमुख पदमा शेरसिंह मालले उमेदवारी दिएका छन् भने उप प्रमुखमा विमला महताले उमेदवारी दिएका छन् ।

राप्रपाका तर्फबाट नगरप्रमुखमा महिला चन्द्रा भट्टको उमेदवारी परेको छ भने उपप्रमुखमा ओम जोशीले उमेदवारी दर्ता गरेका छन् । राष्ट्रिय जनमोर्चाका तर्फबाट नगरप्रमुखमा फागुसिंह महताको उमेदवारी रहेको छ भने उप प्रमुखमा बाटुली बोहराको उमेदवारी रहेको छ । यसैगरि स्वतन्त्र बाट नगरप्रमुखमा विजय कुमार बोहरा र उपप्रमुखमा लालबहादुर दमाईको उमेदवारी परेको छ ।

अजयमेरु गाँउपालिकामा नेकपा एमालेका तर्फबाट अध्यक्ष पदका लागि धनबहादुर साँउदले उमेदवारी दिएका छन् भने उपाध्यक्षमा सुस्मिता पन्तको उमेदवारी रहेको छ । यसैगरि   नेकपा माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पदमा उमेश भट्टको उमेदवारी रहेको छ भने उपाध्यक्षमा कलावती भाँणको उमेदवारी दर्ता भएको छ । यसैगरि नेपाली कांग्रेसबाट अध्यक्ष पदका लागि कमल सिंह भाटको उमेदवारी परेको छ भने उपाध्यक्षमा कमला बिष्टले उमेदवारी दर्ता गर्नु भएको छ । यस्तै राप्रपाबाट अध्यक्ष पदका लागि हरि सिंह साँउदको उमेदवारी परेको छ ।


यसैगरि राष्ट्रिय जनमोर्चाका तर्फबाट अध्यक्षमा प्रकाश बहादुर ऐर र उपाध्यक्षमा कलावती भण्डारीको उमेदवारी दर्ता भएको छ । यसैगरि स्वतन्त्र तर्फबाट अध्यक्षमा लोकराज भट्ट र उपाध्यक्षमा किशोर बिष्टले उमेदवारी दर्ता गराएका छन् ।

यसैगरि आलिताल गाँउपालिकामा माओवादी केन्द्रबाट अध्यक्ष पदमा जगत बहादुर पार्कीको उमेदवारी परेको छ भने उपाध्यक्षमा शुशिला खत्रीको उमेदवारी दर्ता भएको छ । एमालेबाट अध्यक्ष पदका  लागि तुलाराम बोहरा र उपाध्यक्षमा हरिनादेवी बोगटीले उमेदवारी दर्ता गराउनु भएको छ ।

यस्तै नेपाली कांगे्रसबाट अध्यक्ष पदमा बल बहादुर  गुरुङ र  उपाध्यक्षका लागि जलादेवी बोगटीले मनोनयन दर्ता गराउनु भएको छ । राप्रपाका तर्फबाट अध्यक्ष पदमा प्रेम मडैले उमेदवारी दर्ता गराएका छन् ।

यसैगरि नवदुर्गा गाँउपालिकामा नेकपा एमालेका तर्फबाट अध्यक्ष पदमा कविन्द्र बिष्टको उमेदवारी दर्ता भएको छ भने उपाध्यक्ष पदका लागि जयन्ती बुढाऐरले उमेदवारी दर्ता गर्नु भएको छ । नेपाली कांग्रेसबाट अध्यक्ष पदमा लक्ष्मी प्रसाद अवस्थीको उम्मेदवारी दर्ता भएको छ भने उपाध्यक्ष पदमा डम्वरी ओलीको उमेदवारी परेको छ । यस्तै माओवादी  केन्द्रका तर्फबाट अध्यक्ष पदमा धरम वि.क.को उम्मेदवारी दर्ता भएको छ भने उपाध्यक्षमा हंसा देवी कैनीको उमेदवारी रहेको छ ।

यसैगरि राप्रपा बाट अध्यक्ष पदमा नरबहादुर साँउद र उपाध्यक्षमा लक्ष्मी भट्टको उमेदवारी परेको छ ।

राष्ट्रिय जनमोर्चाका तर्फबाट अध्यक्ष पदमा पदम ओलीको उमेदवारी रहेको छ भने उपाध्यक्षमा मन्दोधरी ओलीको उमेदवारी परेको छ ।


यसैगरि गन्यापधुरा गाँउपालिकामा नेपाली कांग्रेसबाट अध्यक्ष पदमा नवलसिंह मल्लको उमेदवारी दर्ता भएको छ भने उपाध्यक्षमा कलावती ठगुन्नाको उमेदवारी परेको छ । नेकपा एमालेका तर्फबाट अध्यक्ष पदमा विरेन्द्र मल्लको उमेदवारी रहेको छ भने उपाध्यक्षमा कृष्णा     ओझा पनेरुको उमेदवारी दर्ता भएको छ ।

माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पदमा ईश्वरदत्त भण्डारीको उमेदवारी परेको छ भने उपाध्यक्षमा नारुदेवी भट्टको उमेदवारी रहेको छ । राप्रपाबाट अध्यक्ष पदमा कामदेव भण्डारी र उपाध्यक्षमा पार्वती देवी मालीको उमेदवारी दर्ता भएको छ ।

यसैगरि भागेश्वर गाँउपालिकामा नेकपा एमाले बाट अध्यक्ष पदमा विष्णु ठकुराठीको उमेदवारी दर्ता भएको छ भने उपाध्यक्षमा कमला मालीको उमेदवारी दर्ता भएको छ । नेपाली कांग्रेसबाट अध्यक्ष पदमा कौशिला भट्टको उमेदवारी परेको छ भने उपाध्यक्षमा पदम बोहराको उमेदवारी परेको छ । यस्तै माओवादी केन्द्रका तर्फबाट अध्यक्षमा ओमप्रकाश साँउदको उमेदवारी परेको छ भने उपाध्यक्षमा बागमती टमटाको उमेदवारी परेको छ ।

यस्तै राप्रपा बाट अध्यक्ष पदमा रामसिंह मडै र उपाध्यक्षमा विमला साँउदको उमेदवारी परेको छ । राष्ट्रिय जनमोर्चाका तर्फबाट अध्यक्ष पदमा जयबहादुर ऐरको उमेदवारी परेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!