पाणिनी गाउँपालीकाको अध्यक्षमा एकजना स्वतन्त्र उम्मेदवार

Posted on: 19 Jun, 2017

असार ५, अर्घाखाँची । पाणिनी गाउँपालीकामा एकजनाले स्वतन्त्रमा उम्मेदवार दर्ता गराएका छन । 

पाली निवासी अमिर हाम्जाको स्वतन्त्रमा उम्मेदवारी दिएका छन । उनी माओवादी केन्द्रका हुन । 

पाणिनीमा कांग्रेसबाट अध्यक्षमा अच्युत गौतम र उपाध्यक्षमा अम्बिका पोख्रेल, एमालेबाट अध्यक्षमा जिवनारायण कोईराला, उपाध्यक्षमा लक्ष्मी गौतम, माओवादी केन्द्रका तर्फबाट श्रृहरी गौतम अध्यक्षमा र विमला घिमिरे उपाध्यक्षमा, नयाँशक्तीबाट अध्यक्षमा माधवराज पोख्रेल, उपाध्यक्षमा लीलावती पाण्डे रहेका छन् । 

यस्तै जनमोर्चाबाट अध्यक्षमा देवी भुसाल र उपाध्यक्षमा श्रृधरा राउत, राप्रपाबाट अध्यक्षमा वेदराज घिमिरे, मालेबाट इन्द्रबहादुर रेश्मी मगरको अध्यक्षमा उम्मेदवार मनोनयन भएको निवार्चन अधिकृत धुव्रराज भुसालले जानकारी दिनुभयो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!