एमालेको चन्दा अात‌ंक, सवा लाख मागिएको पत्र भयो सार्वजनिक

Posted on: 20 Jun, 2017


काठमाडौं । एमालेले आफ्नो चुनावी खर्चको लागि इटहरीको टिम्बर इण्डिस्ट्रिज प्रालिसँग सवालाख चन्दा मागेको भेटिएको छ । केही दिन अघिको मितिमा एमालेको उपमहानगर कमिटिको लेटरहेडमा सो पत्र भेटिएपछि अहिले एमालेको चन्दा आतंक बढेको भन्दै आलोचना सुरु भएको छ । 


नेपाल कम्युनिष्ट पार्टी इटहरी उपमहानगरपालिका कमिटीको आधिकारिक लेटरहेडमा नेपाल टिम्बर इन्टष्ट्रिज प्रालिको नाममा यस्तो पत्र लेखेको हो । सो चन्दापत्रमा सूर्य ध्वजाबाहक उम्मेदवारलाई २० वटै वडामा विजयी गराउन र समग्र उपमहानगरपालिकाको विकास गर्ने महान् अभियानलाई सफल बनाउन प्रचारप्रसार गर्नुपर्ने र त्यसको व्यवस्थापनको लागि संस्थाको तर्फबाट १ लाख २५ हजार सहयोग गर्न आग्रह गरिएको छ । 


सो पत्र कसले सार्वजनिक गर्यो भन्ने खुलाईएको नभएपनि यो अहिले सामाजिक सञ्जालमा यो पत्र भाईरल बनेको छ ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!