भोटका लागि काँग्रेसले पैसा बाँडिरहेको गोप्य भिडियो सार्वजनिक (हेर्नुस भिडियो)

Posted on: 25 Jun, 2017

असार ११, झापा । भीडभाड मान्छे । टाउकोमा नेपाली काँग्रेसको चुनाव चिन्ह रुख अंकित टोपी । मानिसहरु ठेलमठेल गरिरहेका छन् । एकजना मानिस नाम लेख्न व्यस्त छन् । नाम लेखेपछि उनी फटाफट पैसा गन्छन् । र, बाँड्न थाल्छन् ।

यो भिडियो हो, झापाको गौरादह नगरपालिका वडा नम्बर ९ बैगन्धुराको । नेपाली काँग्रेसका कार्यकर्ताले पैसामा भोट किनिरहेको दृश्य हो यो । शनिबार एकातिर काँग्रेसको आमसभा चलिरहेको थियो भने अर्कोतिर नजिकैको एउटा बन्द कोठामा मानिसहरुलाई पैसा बाँड्ने काम पनि भइरहेको थियो । भिडियोमा काँग्रेसका कार्यकर्ता धमाधम पैसा बाँडिरहेको प्रष्टै देखिन्छ ।

गौरादहको बैगुन्धुरामा काँग्रेस कार्यकर्ताले भोटका लागि विपन्न वर्गका जनतालाई पैसा बाँडेका हुन् । गौरादह वडा नम्बर ९ मा कांग्रेसबाट सिताराम भट्टराई उम्मेदवार छन् । गम्भीर कुरा के छ भने भिडियोमा नोट बाँड्ने व्यक्ति स्थानीय अमर माध्यमिक विद्यालयका सह प्रधानध्यापक हुन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!