एकजना पनि भोट हाल्न नआएपछि मतदान अधिकृत अचम्मित

Posted on: 28 Jun, 2017

असार १४, सोलुखुम्बु । देशका तीन प्रदेशमा उत्साहपूर्ण मतदान भइरहदा सोलुखुम्बुको नेचा सल्यान गाउँपालिकाको वडा नम्बर ६ को मतदान केन्द्र भने सुनसान छ । 

नेचा सल्यान गाउँपालिका वडा नम्बर ६ साबिक तिङ्ला गाविसका स्थानीयले चलाएको ’नो भोट नो क्याण्डिडेट’ आन्दोलन सफल भएको छ ।

बुधवार विहानैदेखि मतदाता पर्खेर बसेका मतदान अधिकृतसहितका कर्मचारी एकजना पनि भोट हाल्न नआएपछि अलमलमा परेका छन् । स्थानीय तहको पुर्नसंरचनालाई लिएर असन्तुष्टि जनाएका नेचा सल्यानवासीले उम्मेद्वारी पनि नदिने र मतदान पनि नगर्ने अडान लिएका थिए । 

स्थानीय मतदाता कोही पनि मतदाता परिचयपत्र समेत लिन गएका छैनन । मतदान गराउन खटिएका मतदान अधिकृत आनन्दराज पन्तले भने अहिलेसम्म कोही पनि भोट हाल्न नआउँदा आफुहरु अचम्मित भएको बताएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!