प्रधानमन्त्रीको गृह जिल्लामा एमालेको प्यानल नै विजयी

Posted on: 29 Jun, 2017

असार १५, डडेल्धुरा । प्रधानन्त्रीको गृह जिल्लामा नेकपा एमालेले विजय सुरुवात गरेका छ । 

एमालेले अमरगढी नगरपालिकाको वडा नं. ११ प्यानल सहित नै विजय भइ विजयी सुरुवात गरेको हो ।

एमालेका वडा अध्यक्षका उम्मेदवार सूर्यप्रकाश खड्का विजय भएका छन् । उनले ३६३ मत ल्याएर विजय भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका धर्म सिंह धानुकले २६० मत प्राप्त गरे ।

यस्तै दलित महिला सदस्यमा गोमति देवी विक, महिला सदस्यमा मिना कुमारी जोशी, सदस्यमा राज बहादुर बोहरा र पदम बहादुर बोहरा विजय भएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!