प्रधानमन्त्रीले मतदान गरेको वडामा कांग्रेसको प्यानल नै विजयी

Posted on: 29 Jun, 2017


असार १५, डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको गन्यापधुरा गाउँपालिका १ मा कांग्रेसको प्यानल नै विजयी भएको छ । 

वडाध्यक्षमा चेतराज भट्ट विजयी भएका छन् । उनले ९१५ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्धन्दी एमालेका राम चन्द्र जोशी ३८६ मत प्राप्त गरे । 

यस्तै दलित महिलामा टुकिरी कामी, महिला सदस्यमा कौशिला देउवा, खुल्ला सदस्यमा हरि सिंह देउवा र हेमराज अवस्थी विजयी भएका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!