बझाङको मष्टा गाउँपालिकामा एमाले विजयी

Posted on: 29 Jun, 2017


सम्राट सिंह/असार १५, बझाङ । बझाङको मष्टा गाउँपालिकामा एमाले विजयी भएको छ । 

केहीबेर अघि सकिएको मतगणनाको परिणाम अनुसार  एमालेका तर्फवाट अध्यक्षका उम्मेदवार कर्णवहादुर कठायत २१ सय ४२ मत ल्याएर विजयी भएका हुन  । उहाँका प्रतिद्वन्दी कांग्रेसका ज्ञान बहादुर बोहोराले १९ सय १७ मत ल्याइ पराजित भएको निर्वाचन अधिकृतले बताए । 

उपाध्यक्षमा पनि एमालेकै भगवती बोहोरा विजयी भएकी छन । उनले २१ सय ८० मत प्राप्त गरी प्रतिद्वन्दी कांग्रेसकी देवी सेटीलाई पराजीत गरेकी हुन । सेटी को जम्मा मत १८ सय ६५ खसेको थियो ।

सात वटा वडा रहेको मष्टामा ५ वटा एमालेले विजय भएको छ भने कांग्रेस माओवादीले एक÷एक वटा विजय भएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!