रुकुमका तीन स्थानीय तहमा माओवादी केन्द्रद्वारा भारी मतान्तरले अग्रता

Posted on: 30 Jun, 2017

असार १६, रुकुम | रुकुमको तीन स्थानमा माओवादी केन्द्रले भारी मतान्तरले अग्रता लिएको छ |  

रुकुमको सिस्ने गाउँपालिकामा माओवादी केन्द्रकि कुमारी बरालले २३५० मत ल्याएर फराकिलो अग्रताको साथ गाउँपालिका प्रमुखमा अग्रता लिएकी छन् भने उपप्रमुखमा गोवर्धन बुढाले २३९५ मत पाएका छन् | यहाँ कांग्रेस-एमाले गठबन्धनका नन्दलाल शर्माले १६१४ र  उपप्रमुखमा लक्षिराम घर्तीले १३९४ मत पाएका छन् | 

त्यस्तै रुकुमको भुमे गाउँपालिकामा पनि माओवादी केन्द्र नै सबैभन्दा अगाडी छ, केन्द्रका रामसुर बुढाले प्रमुखमा २३०३ मत पाएका छन् भने उपप्रमुखमा मनकुमारी बुढा बिष्टले २२९९ मत पाएकी छन् | यहाँ प्रमुख पदमा कांग्रेसका गञ्जसिंङ बुढा ७८४ मत र उप प्रमुखमा कमला खड्काले ७६० मत ल्याएकी छन् | प्रमुखमा एमालेका आशा स्वर्णकारले २५५ मत पाएका छन् भने कमानसिंङ डाँगीले २६७ मत पाएका छन् | 

त्यस्तै रुकुमकै पुथा उत्तरगंगा गाउँपालिकामा पनि माओवादीकै अग्रता छ | यहाँ प्रमुख पदमा माओवादीका ओमप्रसाद घर्तीले ३७६ मत पाएका छन् भने ओमकुमारी घर्तीले ३७५ मत प्राप्त गरेकी छन् | यहाँ प्रमुख पदका लागि एमालेका  भिउमान घर्तीले १८४ मत पाउँदा उप प्रमुखमा सिता घतानेले १८३ मत जोडेकी छन्  | त्यस्तै कांग्रेसका काजिमान घर्तीले ४६ मत र रविना घर्तीले ४४ मत प्राप्त गरेकी छन् | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!