प्यूठानमा एमाले पहिलो, माओवादी केन्द्र दोश्रो र राजमो तेश्रो (कसको अग्रता कति ?)

Posted on: 30 Jun, 2017

असार १६, प्यूठान | प्यूठानमा जारी मतगणनामा नेकपा एमालेले पहिलो स्थानमा छ भने माओवादी उसलाई पछ्याईरहेको छ । 

प्युठानका बिभिन्न स्थानीय तहको मतगणनाको परिणाम अनुसार एमालेले ६, माओवादी केन्द्रले ४, राजमोले ३ र कांग्रेसले २ वडामा विजयी भएका छन् । मतगणना जारी रहंदा नौबहिनी, सरुमारानी, ऐरावतीमा एमालेको अग्रता रहेको छ भने 

झिमरुक र माण्डवी गाउँपालिकामा सहित प्यूठान नगरपालिकामा माओवादी केन्द्रले अग्रता लिएको छ । 

त्यस्तै स्वर्गद्वारी नगरापालिकामा राजमोले अग्रता लिएको छ । यता मल्लरानी गाउँपालिकामा भने राष्ट्रिय जनमोर्चा अग्रस्थानमा छ । उता गौमुखी गाउँपालिकामा नेपाली कांग्रेस अगाडी छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!