रोल्पामा कांग्रेस-माओवादीबीच झडप

Posted on: 30 Jun, 2017


असार १६, रोल्पा । रोल्पाको सदरमुकाम लिबाङमा कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ । 

बंशी मिठाई पसलमा साँझ विवाद भएपछि दुई पार्टीका कार्यकर्ताबीच झडप भएको हो । झडपमा केही प्रहरी र दुबै तर्फका केही कार्यकर्ता घाईते भएका छन । ढुंगा हानाहान भएपछि स्थिति तनावग्रस्त बनेको थियो ।  

विवादबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । झडप भएपनि नगरपालिकाको मतगणना भने जारी रहेको बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!