रोल्पा नगरपालिकामा अहिलेसम्म एमालेलाई १०७ मत, माओवादीलाई १२३५ मत

Posted on: 30 Jun, 2017

असार १६, रोल्पा | रोल्पा नगरपालिकामा माओवादी र कांग्रेसको प्रतिस्पर्धा चल्दै गर्दा एमालेले निकै पछाडी परेको छ | 

सबैभन्दा अग्र स्थानमा रहेको माओवादी केन्द्रका पुरण क्षेत्री 'करेन्ट'ले १२३५ मत (ताजा अपडेट) प्राप्त गर्दा कांग्रेसका उम्मेदवार लेखनाथ आचार्यले १०८१ मत पाएका छन् | त्यस्तै तेश्रो स्थानमा एमालेकि मिना शर्माली १०७ मत पात्र पाएकि छन् |

त्यस्तै नगरपालिकामा उपमेयर पदका लागि माओवादीकि कमला घर्ति मगरले १०४१ मत पाउँदा कांग्रेसकि मिश्री हमालले १०२३ मत पाएकी छन् | एमालेका उम्मेदवारले भने १३६ मत मात्र पाएका छन् | 


यस बिषयमा तपाइको प्रतिक्रिया...!