प्युठानको सरुमारानीमा एमाले फराकिलो मतले बिजयी

Posted on: 01 Jul, 2017


सलिम अन्सारी/असार १७, प्युठान । प्युठानको सरुमारानी  गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार फराकिलो मतको अन्तरले विजयी भएका छन ।  

सरुमारानीमा एमालेका उम्मेद्धार झग बहादुर बिश्वकर्माले ३ हजार ६ सय ७७ मत ल्याएर विजयी हुनुभयो भने उहाँका निकटतम प्रतीद्धन्द्धी  माओबादी केन्द्रका डोर बहादुर दर्लामिले २ हजार २ सय ४१ मत ल्याउनुभयो ।

यस्तै उपाध्यक्षमा पनि एमालेकै  मिना सोमै मगरले ३ हजार ६ सय ८० मत ल्याएर विजयी हुनुभयो भने उहाँका प्रतीद्धन्द्धी  माओबादि केन्द्रकी लक्षमि पल्लिले २ हजार १ सय १५ मत ल्याउनुभयो ।

 सरुमारानी   पालिकामा रहेका ६ वार्ड मध्ये ४ वटामा एमालेले पुरैप्यानलै जितेको हो।र अन्य दुई वटा वार्डमा माओबादी केन्द्र र काङ्ग्रेस बिजयी भएका छन। सरुमारानी -५ र १ नम्वर बाहेकका वार्डमा एमालेले जितेको हो । 

त्यस्तै मल्लरानी गाउँपालिकामा अध्यक्षमा अमरध्वजले २३२८ मत लिइ विजयी हासिल गरेका छन् भने उपाध्यक्षमा २३८६ मतका साथ सरिता जिसीले जित हात पारिन ।

जिल्लाको अन्य ७ वटा स्थानीय तहमा मतगणना भैरहेको छ । मुख्य निर्बाचन अधिकृत बाँसुदेव न्यौपानेका अनुसार  यो खबर तयार पार्दा सम्म जिल्लाका ६४  मध्ये २९ वटा वडा को अन्तिम नतिजा आइसकेको बताएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!