रोल्पा सुनछहरी र दुईखोलीमा पनि माओवादी केन्द्र विजयी

Posted on: 01 Jul, 2017

असार १७, रोल्पा । रोल्पाको सुनछहरी र दुईखोली गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ ।

रोल्पाको दुईखोली गाउँपालिकामा माओवादी केन्द्रका निमकान्त डाँगीले ४ हजार ६ सय ८ मत प्राप्त गरी विजयी भएका हुन । त्यसै गरी उपाध्यक्षमा माओवादी केन्द्रकै हितकुमारी बुढाले ४ हजार ६ सय ८ प्राप्त गर्दै विजयी भएकी हुन् । प्रतिद्वन्द्धीमा नेपाली काँग्रेसबाट अध्यक्षमा उम्मेदारी दिएका झक्कुप्रसाद घर्तीले १ हजार ९ सय ८९ मत पाएका छन भने उपाध्यक्षमा नेपाली काँग्रेसकी लक्ष्मी डाँगीले १ हजार ८ सय ९९ मत पाएकी छिन ।

यस्तै रोल्पाको सुनछहरी गाउँपालिकामा पनि माओवादी केन्द्र विजयी भएको छ । सुनछहरी गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका आश बहादुर पुनले २ हजार ५ सय ६१ मत प्राप्त गरी विजयी भएका हुन ।

त्यसै गरी उपाध्यक्षमा माओवादी केन्द्रकै पबित्रा घर्तीले २ हजार ३ सय २० प्राप्त गर्दै विजयी भएकी हुन् । प्रतिद्वन्दीमा नेपाली काँग्रेसबाट अध्यक्षमा उम्मेदारी दिएका दुर्गे बुढाले १ हजार १ सय ३६ मत पाएका छन भने उपाध्यक्षमा नेपाली काग्रेसकी सरु पुनले १ हजार १ सय ४१ मत पाएकी छिन । रोल्पाको थबाङ गाउँपालिकामा यसअघिनै माओवादी केन्द्र विजयी भइसकेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!