बाजुराको त्रिवेणी नगरपालिकामा काँग्रेस विजयी

Posted on: 01 Jul, 2017

असार १७, बाजुरा । त्रिवेणी नगरपालिकाको मतपरिणाम सार्वजनिक भएको छ । 

नगरपालिकामा नेपाली काँग्रेसको समूह विजयी भएको छ । त्रिवेणी नगरपालिकामा नेपाली काँग्रेसका रामसिं रावलले ३३६५ मत ल्याएर विजयी हुनुभएको छ । 

रावलका प्रतिद्धन्द्धी नेकपा एमालेका जङ्गबहादुर बुढाले २१९४ मत ल्याउनु भयो । 

यसैगरी काँग्रेसका उपप्रमुख दलित महिला राधिका सुनारले ३३९२ मत ल्याएर विजयी हुनुभएको छ । भने सुनारका प्रतिद्वन्द्वी नेकपा एमालेका पार्वती थापाले २०७० मत पाउनुभएको छ । 

त्रिवेणी नगरपालिकाका– ८ वडामा नेपाली काँग्रेसले जित हासिल गरेको छ । भने एक वडामा नेकपा (माओवादी केन्द्र)ले जितेको निर्वाचन अधिकृत वासुदेव खनालले जानकारी दिनुभएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!