माओवादीको आधार क्षेत्र रोल्पाको रुन्टीगढीमा एमाले विजयी

Posted on: 01 Jul, 2017

असार १७, रोल्पा । माओवादीको आधार क्षेत्र रोल्पामा पहिलो पटक नेकपा एमालेले विजयी खाता खोलेको छ । जिल्लाको रुन्टीगढी गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष सहित बहुमत वडामा एमाले विजयी भएको छ ।

अध्यक्षमा एमालेका बालाराम बुढा ३४०२ मत प्राप्त गरि विजयी भएका छन् । त्यस्तै उपाध्यक्षमा पनि एमालेकै छमाया पुन ३४५२ मत प्राप्त गरि विजयी भएकी छन् ।

रोल्पाकै त्रिवेणी गाउँपालिकामा पनि एमालेले बिजय हासिल गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!