प्युठानको माण्डवीमा एमाले अध्यक्ष र माओवादी उपाध्यक्षमा विजयी

Posted on: 01 Jul, 2017

असार १७, प्युठान । प्युठानको माण्डवी गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा माओवादी विजयी भएका छन् । 

अध्यक्षका प्रत्यासी माओवादीका उम्मेदवार नवराज अधिकारीलाई १२ मतअन्तरले हराउँदै एमालेका रोका निर्वाचित भएका हुन् । अध्यक्षमा एमालेका श्रीधर रोकाले १ हजार ७५३ मत प्राप्त गरेर बिजयी हासिल गरेका छन् । उनले १२ मतको अन्तरले बिजय हासिल गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका उम्मेदवार नवराज अधिकारी ले १ हजार ७४१ मत पाएका छन् । 

यसैगरी उपाध्यक्षमा निर्वाचित माओवादीकी मुगा पुनले १ हजार ८३५ मत पाएकी छन् । एमालेकी उम्मेदवार सम्झना घर्ती माओवादीकी मुगा पुनसँग ८६ मत अन्तरले पराजित भइन् । सम्झनाले १ हजार ७६९ मत प्राप्त गरेकी छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!