रोल्पामा १० वटै स्थानीय तहको परिणाम सार्वजनिक

Posted on: 02 Jul, 2017

असार १८, रोल्पा । रोल्पामा सबै स्थानीय तहको मत परिणाम सार्बजनिक भएको छ । 

दश स्थानीय तह रहेको रोल्पाको एक मात्र नगरपालिका रोल्पा नगरपालिकासहित सात तहमा जीत हात पार्दै माओवादीले आफ्नो पकड क्षेत्र मजबुत रहेको सन्देश दिएको हो ।

रोल्पा नगरपालिकामा माओवादी केन्द्रका पूर्ण केसी विजयी भएका छन् । उपमेयर समेत माओवादी केन्द्रकै मनकुमारी घर्तीमगरले जितेकी छिन् ।

रोल्पाको सुनछहरीमा आशबहादुर पुनमगर, थवाङमा वीरबहादुर घर्ती, दुईखोलीमा निमकान्त डाँगी, माडीमा नन्दबहादुर पुन र सुकीदहमा वीरबहादुर केसी माओवादीबाट विजयी भएका छन् ।

रोल्पाको सुवर्णावती गाउँपालिकामा पनि माओवादी केन्द्रका गुणेन्द्र घर्ती विजयी भएका छन् । उपप्रमुखमा पनि माओवादीकै बागमती क्षेत्रिनी विजयी भएकी छिन ।

एमालेले त्रिवेणी गाउँपालिका र रुन्टीगढीमा जीत हासिल गरेको छ । एमालेका शान्तकुमार ओली त्रिवेणीबाट र रुन्टीगढीबाट बालाराम बुढा विजयी भएका छन् ।

कांग्रेसले भने लङ्ग्रीमा मात्र बिजय हासिल गरेको छ । लुङ्ग्रीमा कांग्रेसका दुर्गाबहादुर खड्का विजयी भएका भएका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!