पाँचथरको फिदिम नगरपालिकामा कांग्रेस विजयी

Posted on: 02 Jul, 2017

असार १८, पाँचथर । पाँचथरको सदरमुका फिदिम नगरपालिकाको मेयर र उपमेयर दुबै पदमा नेपाली कांग्रेस विजयी भएको छ । 

मेयरमा नेपाली कांग्रेसका ओनाहाङ नेम्बाङ र उपमेयरमा कांग्रेसकै उर्मिला श्रेष्ठ प्रधान विजयी भएका हुन् । एमालेका राजकुमार भण्डारीलाई १ हजार ४ सय ७ मत अन्तरले पछि पार्दै नेम्बाङ मेयरमा विजयी भएका थिए । 

नेम्बाङले ६ हजार ९ सय ६ मत ल्याएका थिए भने भण्डारीले ५ हजार ४ सय ९९ मत पाएका हुन् ।  उपमेयरमा काग्रेसकी मुना श्रेष्ठले ६ हजार पाँच सय १८ मत प्राप्त गरी विजयी भएकी छन्  । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!