बर्दियाको ठाकुरबाबा नगरपालिकामा माओवादी र एमालेको मतान्तर २२४, अब ६०२ मत गन्न बाँकी

Posted on: 02 Jul, 2017

असार १९, बर्दिया | बर्दीयाको ठाकुरबाबा नगरपालिकामा माओवादी र एमालेबीच कडा प्रतिष्पर्धा कडा देखिएको छ | 

यहाँ एमालेका मेयरका उम्मेदवारले ६९१९ मत पाएका छन् भने उनको प्रतिष्पर्धामा २२४ मतान्तरका साथ माओवादी केन्द्रका उम्मेदवारले ६,६९५ मत प्राप्त गरेका छन् | 

त्यस्तै उपमेयर पदमा भने माओवादी एमाले भन्दा ३८ मतले अगाडी छ | एमालेले उपमेयर पदका लागि ६८०८  मत प्राप्त गरेको छ भने माओवादीका उम्मेदवारले ६८४६ मत ल्याएका छन् | 

अब यहाँ ६०२ मत मात्र गन्न बाँकी रहेको छ | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!