बर्दियाको राजापुर नगरपालिकामा माओवादी विजयी

Posted on: 04 Jul, 2017

असार २०, बर्दिया । बर्दियाको राजापुर नगरपालिकामा माओवादी केन्द्रका उम्मेद्वार विजयी भएका छन् । 

नगरपालिकाको मेयरमा माओवादी केन्द्रका उम्मेदवार शिव थारु ‘प्रतिक’ विजयी भएका हुन् । उनले ९ हजार ४ सय ९७ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपकजंग शाहले ८ हजार ६ सय ६ मत प्राप्त गरेका छन् । यस्तै, उपप्रमुखमा पनि माओवादी केन्द्रका उम्मेदवार नै विजय भएका छन् ।

उपमेयरमा माओवादीकी मनकलाकुमारी चौधरी निर्वाचित भएकी हुन् । उनले ९ हजार २ सय २९ मत प्राप्त गरिन् भने उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी तारा चौधरीले ८ हजार ५ सय ७० मत प्राप्त गरेकी छिन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!