झापाको कमल गाउँपालिकामा गोला प्रथाबाट विजयी

Posted on: 04 Jul, 2017

असार २०, झापा । मत बराबर भएपछि झापाको कमल गाउँपालिकामा गोला प्रथाबाट गरेको निर्णयमा नेकपा (एमाले) विजयी भएको छ । 

सो गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका हुकुमसिंह राई र एमालेका मेनुका काफ्लेले बराबर मत आठ हजार २२५ प्राप्त गरें । मत बराबर भएपछि अध्यक्षमा को बस्ने भन्ने बिषयमा गोलाप्रथाबाट निर्णय गर्ने राजनीतिक दलबीच सहमति भएको थियो । सोहि सहमति अनुसार गोलाप्रथा गर्दा एमालेका काफ्ले विजयी भएको निर्वाचन अधिकृत प्रेमप्रसाद लुइँटेलले जानकारी दिनुभयो । 

त्यस्तै उपाध्यक्षमा एमालेकै बेणु सिवाकोटीले नौ हजार ४१८ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम् प्रतिद्वन्द्वी काँग्रेसकी दीपा भण्डारी गौतमले चार हजार ९९२ मत प्राप्त गर्नुभयो । 

वडाध्यक्षमा क्रमशः वडा नं १ मा काँग्रेसका केदार कटुवाल, २ मा नेकपा (एमाले)का ताराप्रसाद न्यौपाने, ३ मा नरप्रसाद दङ्गाल, ४ मा प्रेमबहादुर राई, ५ मा डम्बरबहादुर निरौला, ६ मा नरेन्द्र भट्टराई र ७ मा एमालेकै पृथ्वीपति राई विजयी हुनुभएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!