कर्मचारीतन्त्र कायम छ, “जुम्लाका नव निर्वाचित जनप्रतिनिधि”

Posted on: 19 Jul, 2017

नन्दराम जैशी | साउन ४, जुम्ला । जुम्लाका नव निर्वाचित जनप्रतिनिधिहरुले जिल्लामा कर्मचारी तन्त्र कायम रहेको बताएका छन् । आफ्नो काम कर्तब्य र अधिकारसँगै स्थानिय तह संचालनका लागि कार्यविधि नबनेपछि कर्मचारीहरुले नै काम गरीरहेको भन्दै जुम्लाका जनप्रतिनिधिहरुले जिल्लामा कर्मचारी तन्त्र कायम रहेको बताएका हुन् । 

कार्यविधि नबन्दा कार्यसम्पादनमा समस्या भैरहेकोले जनप्रतिनिधिको काम पनि कर्मचारीहरुले गर्नुपरेको गुनासो छ । राज्यले स्थानिय तहलाइ अधिकार सम्पन्न बनाएपनि त्यो सबै लिखित अधिकारमा मात्र कायम रहेको भन्दै ब्यवहारमा केन्द्रकृत सत्ता र कर्मचारी तन्त्रको अन्त्य नभएको जनप्रतिनिधिहरुको दावि छ । 

नागरीक संबाद केन्द्र जुम्लाको आयोजनामा मंगलबार जिल्लामा सम्पन्न भएको नागरीक संबाद कार्यक्रमका सहभागि जुम्लाका नव निर्वाचित जनप्रतिनिधिहरुले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै चन्दननाथ नगरपालिका जुम्लाका मेयर कान्तीका सेजुवालले जनप्रतिनिधि र कर्मचारीबिचको सम्बन्ध सुमधुर बनाउनुपर्नेमा जोड दिनुभयो । कर्मचारीले जनप्रतिनिधिहरुको स्तर मापन गर्न नमिल्ने भन्दै मिलेर काम गर्ने बाताबरण सृर्जना गर्न सबैलाइ अपिल गर्नुभयो । 

उहाले भन्नुभयो, जनप्रतिनिधि कर्मचारी सरह हुदैन र हुनुपनि हुदैन, कर्मचारी सरह जनप्रतिनिधिले दश, चारको मात्र ड्युटि र सेवा दिने होइन । जनताको सेवाका लागि जुनसुकै समयमा जनप्रतिनिधि तयार हुनुपर्दछ र हामि हुनेछौ, उहाले भन्नुभयो । चन्दननाथ नगरपालिकाले ल्याएको निति, कार्यक्रम र बजेट कार्यान्वयनमा जोड दिन सबैलाइ अनुरोध गर्दै कार्यान्वयनमा जोड दिए विकास टाढा नरहेको उहाको भनाइ छ । 

उपमेयर अप्सरादेखि न्यौपाने महतले नव निर्वाचित जनप्रतिनिधिहरुमध्य सबै उपप्रमुखहरु काम बिहिन भएको दावि गर्नुभयो । उपप्रमुखलाई न्यायलय जस्तो मुख्य भुमिकामा जिम्मेवारी दिएपनि कार्यविधि नबन्दा आफुहरुले कुनै कार्य सम्पादन गर्न नसकेको उहाले प्रष्ट पार्नुभयो । जनप्रतिनिधि भन्दा कर्मचारीहरु धेरै अनुभवि र विज्ञ रहेको जानकारी दिदै ज्ञान, सिप र अनुभव नहँुदा जनप्रधिनिधिले गर्ने काम पनि कर्मचारीहरु गर्न बाध्य भएको उहाको भनाइ छ । 

नागरीक संबाद कार्यक्रममा नागरीक संबाद केन्द्र जुम्लाका प्रमुख पदम बहादुर शाहिले स्थानिय तह संचालन विधेयक २०७३ का बिषयमा जानकारी दिनुका साथै त्यसमा भएका प्रावधानबारे स्पष्ट पार्नभएको थियो । उहाँको प्रस्तुतिमा भनाइ राख्दै गोठिचौर गाँउपालिकाका अध्यक्ष हरी बहादुर भण्डारीले ऐन, कानुनका बिषयमा राज्यले जनप्रतिनिधिलाइ तालिम, गोष्ठि मार्फत जानकारी दिनुपर्नेमा जोड दिनुभयो । 

तातोपानि गाँउपालिकाकि उपप्रमुख गंगादेवि उपाध्यायले सेवा प्रवाहलाइ प्रभावकारी बनाउन कर्मचारी ब्यवस्थापनमा जोड दिनुपर्ने भन्दै कार्यालय छोडि बजारमा बस्ने कर्मचारीलाइ नियमनमा ल्याउन आवाश्यक रहेको बताउनुभयो । तिला गाँउपालिकाकि उपाअध्यक्ष बिष्णुमाया बुढाले आफु न्यायिक समिति संयोजक रहेपनि कार्यविधि नहँुदा कुन आधारमा न्यायिक काम गर्ने भन्ने बिषयमा अलमलमा परेको बताउनुभयो । 

हिमा गाँउपालिका अध्यक्ष रज बहादुर शाहिले वडा, गाँउपालिका र नगरपालिका विभाजन तथा गाभ्ने अधिकार स्थानिय तहलाइ दिइनुपर्ने तर्कगर्नुभयो । सहायक प्रमुख जिल्ला अधिकारी टेक बहादुर बुढ्थापाले अबको एक हप्ता भित्र जुम्लाका सबै स्थानिय तहमा बिषयगत कर्मचारी ब्यवस्थापन गरीने जानकारी दिनुभयो । स्थानिय तहमा देखिएका समस्याहरु विस्तारै न्युनिकरण हुदै जाने तर्क गर्दै सेवा प्रवाहमा कुनै कमि नराख्न कमैचारी र जनप्रतिनिधिहरुलाइ उहाले अनुरोध गर्नुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!