प्रधानमन्त्रीको गृहनगर पुगेर देउवामाथि खनिए ज्ञवाली

Posted on: 19 Jul, 2017


साउन ४, डडेल्धुरा । प्रधानमन्त्री एवंम नेपाली काग्रेंसका सभापति शेर बहादुर माथि नेकपा एमालेका सचिव प्रदिप ज्ञवाली खनिएका छन् । 

दोस्रो चरणको निर्वाचन सकिए पछि ७ नम्बर प्रदेशका जिल्लाको स्थिति अध्ययन गर्न तथा जनप्रतिनिधीहरुसंग भेटघाट गर्ने डडेल्धुरा पुगेका ज्ञवालीले दोस्रो चरणको निर्वाचनमा प्रधानमन्त्री देउवाले सत्ताको चरम दुरुपयोग गरेको आरोप लगाएका छन् ।  

प्रेस चौतारी नेपाल डडेल्धुरा साखाले बुधवार जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो आरोप लगाएका हन् । प्रधानमन्त्री देउवाले निर्वाचनका समयमा निर्वाचन आचार संहिताका न्युनतम मर्यादाको समेत उल्लंङघन गरेको भन्दै उनले प्रधानमन्त्री स्वयंमले चुनावको कमाण्ड समालेर हप्तौँ सम्म गृह जिल्ला बसेको आरोप लगाएका छन् । 

साथै उनले प्रतिकुल अवस्थामा पनि नेकपा एमालेले अमगरगढी नगरपालिकामा गरेको विजय सिंगो एमालेको लागि प्रेरणादायि भएको बताएका छन् । पूर्व प्रचार बिभागका सचिव समेत रहेका ज्ञववली डडेल्धुरामा कांग्रेसले उम्मेदवारी दिए मात्रै पुग्छ प्रचार नै गर्नु पर्दैन र नेकपा एमाले त नगन्य शक्ती हो, भन्ने भ्रम तोडेको बताएका छन् ।

उनले अहिलेको सरकार बाहना बाजि गर्दै चुनावबाट भागिरहेको आरोप लगाएका छन् । ‘नेपाली काग्रेंस र माओवादीलाई चुनाव नाम बाट नै एक खालको एलर्जी जस्तो भएको छ’ उनले भने ‘जान्छ जान्छ खाने संग डराउछ भने झै माओवादी र काग्रंसलाई चुनाव भने देखी नै एलर्जी होला जस्तो छ । तर उहाँहरु चुनाव बाट पाउन हुन्न ।' उनले छिटो भन्दा छिटो चुवानको बाताबरण बनाउन पहिलो काम भनेको  निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेर त्यस सम्बन्धी काम अगाडी बढाउन रहेको बताएका छन् ।

यस्तै उनले पार्टीमा उल्लेख्य ढङ्गले परिर्वतन भैरहेको र आउने केहि दिन भित्रै एमाले पहिलो पार्टी हुने भर पर्दो आधार तयार भएको बताएका छन् । साथै उनले नव निर्वाचित जनप्रतिनिधिलाई सम्झना लायक काम गर्न समेत निर्देशन दिएका छन् । राम्रा काम गर्न गणितिय हिसावले आफुहरुलाई अप्ठेरो पार्ने काम भए जनताको बिचमा गएर जनताबाट दवाव सिर्जना गर्नु पर्ने धारणा राखेका छन् ।

उनले सुरक्षा निकाय, निर्वाचन आयोग तयार हुदा हुदै पनि निर्वानचनलाई चरण–चरणमा पु¥याउने काम अनावश्यक रहेको बताएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!