अनेरास्ववियु डडेल्धुराले ‘विद्यार्थी दृष्टिकोण’ प्रकाशित गर्ने

Posted on: 29 Jul, 2017


ललित बोहरा/साउन १४, डडेल्धुरा । अनेरास्ववियु डडेल्धुराको इतिहासमा पहिलो पटक ‘विद्यार्थी दृष्टिकोण’ प्रकाशित गर्ने भएको छ ।

अनेरास्ववियु आयोजक कमिटी डडेल्धुराको आज जिल्ला सदरमुकाममा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

यस्तै बैठकले अनेरास्ववियु छात्रवृत्ति अक्षयकोष खडा गर्ने र उत्कृष्ट विद्यार्थीलाई एक लाखको ब्याज वाट छात्रवृत्ति वितरण गर्ने निर्णय गरेको अनेरास्ववियु आयोजक कमिटी डडेल्धुराकाका संयोजनक सुरेन्द्र मल्लले जनाकारी दिएका छन् ।

यस्तै आयोजक कमिटीले दोस्रो चरणको स्थानीय तहको निर्वाचनबाट निर्वाचित सम्पूर्ण डडेल्धुरा जिल्लाका नवनिर्वाचित जनप्रतिनिधिलाई आउँदो भदौँ १० गते सम्मान गर्ने समेत निर्णय गरेको संयोजक मल्लले बताएका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!