जिसस डडेल्धुरा गठनको लागि निर्वाचन कार्यतालिका सार्वजनिक

Posted on: 31 Jul, 2017

साउन १६, डडेल्धुरा । डडेल्धुरा जिल्लाको जिल्ला समन्वय समिति गठन गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

 राजनीतिक दलहरुसँग समन्वय गरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

 पहिलो जिल्ला सभामा भएको सहमति अनुसार प्रमुख÷उप्रमुख एक–एक जना, महिला सदस्य ३ जना, दलित वा अल्पसंख्यक सदस्य १ जना, खुला सदस्य ३ जना रहने गरी ९ सदस्यीय समिति गठन गर्न कार्यतालिका सार्वजनिक गरिएको मुख्य निर्वाचन अधिकृत देवकुमार गिरीले जानकारी दिएका छन् ।

 जसअनुसार साउन १७ गते मतदाता नामावलीमा प्रकाशन गर्ने, १८ गते मतदाता नामावली सच्याउन वा छुट नाम समावेश गर्न दरखास्त दिने, १९ गते दिन संसोधित मतदाता नामावली प्रकाशन गर्ने, २० गते मतदाताको विरोधमा उजुरी दिने, २१ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, २२ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने र सोही दिन मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, २३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, मनोनयन पत्रको जाँच र उजुरी उपर निर्णय गर्ने, उम्मेदवारको नामावली प्रकाशन गर्ने, २४ गते उम्मेदवारले आफ्नो नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई चिन्ह प्रदान गरिने छ भने २६ गते मतदान हुने मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुराले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!