सुनसरीमा ट्रकको ठक्करबाट ट्राफिक प्रहरीको ज्यान गयो

Posted on: 04 Apr, 2016

चैत २३, सुनसरी । श्रीपुर ६ स्थित पूर्व–पश्चिम राजमार्गमा नम्बर नखुलेको ट्रकको ठक्करबाट ट्राफिक प्रहरी जवानको ज्यान गएको छ भने एकजना घाइते भएका छन् ।

पहिचान खुल्न नसकेको पूर्वबाट पश्चिमतर्फ गईरहेको ट्रकले को५प ७७३० नम्बरको मोटरसाइकलमा कार्यालयबाट ड्युटी सकेर घरतर्फ जाने क्रममा क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीमा कार्यरत ट्राफिक प्रहरी जवान पंकज यादव र पछाडी सवार इटहरी ४ का सानुभाई भुजेललाई सोमबार राति ठक्कर दिएको थियो ।

उक्त ठक्करबाट घाईते यादवको जिल्ला अस्पलात ईनरुवामा उपचारको क्रममा मृत्यु भएको छ भने घाईते भुजेलको धरानस्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको अस्थायी प्रहरी चौकी हरीपुरले जानकारी दिएको छ । ठक्कर दिने ट्रक र चालकको खोजी भईरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!