माओवादी नेतृत्वमा जिल्ला संयोजन समिति चयन

Posted on: 03 Aug, 2017

रेशम राज रोकाया | साउन १९, सिमिकोट, हम्ला | जिल्ला समन्वय समितिको निर्वाचनमा माओवादी र एमालेको गठबन्धन निर्वाचित भएको छ । 

गठबन्धनमा नेकपा माओवादी केन्द्रका दान बहादुर रावत प्रमूख र एमालेको खगेन्द्र कार्की उप प्रमूखमा निर्वाचित भएका हुन् । जम्मा १४ मत रहेको जिल्लामा प्रमुख रावतले दश मतका साथमा दुवैले जित हासिल गरेको मूख्य निर्वाचन अधिकृत दिलनाथ रेग्मीले जानकारी गराएका छन् । माओवादी केन्द्रका तर्फबात कोतन्बा लामा, दानसिँह दमाई र जीवन रावत त्यसै गरी एमालेका तर्फबाट जशु परियार, छेजुम लामा, अजवीर शाही सदस्यमा निर्वाचित भएका छन् ।

निर्वाचित पदाधिकारीलाई आज नै पद तथा गोपनियताको सपथ तथा पदभार ग्रहण समेत आजै गरिएको जिल्ला समन्वय समितिका सचिव लोक बहादुर सुनारले जानकारी दिनु भएको छ । आजै बसेको जिल्ला समन्वय समितिका पदाधिकारीले जिल्लामा हुने भ्रष्टाचार विरुद्ध सून्य सहनशिलता अपनाउने समेत निर्णय भएको छ । बैठकमा मतदानमा सघाउने सम्पूर्ण महानुभावलाई समेत धन्यवाद ज्ञापन गरेको छ । 


यस अघि नेपाली काँग्रेस र माओवादी विच भएको सम्झौतालाई माओवादी केन्द्रले जिल्लामा रहेका अन्य ठाउँमा आफ्ना कार्यकर्तामाथी आक्रमण लगायत अन्य उछिङ्कल काम गरेकोले सो सम्झौता तोडेर नेकपा एमालेसँग गठबन्धन अघि ल्याएको समेत जानकारी दिएको छ । उता माओवादी केन्द्र र नेपाली काँग्रेसको विचमा भएको भद्र सहमती तोडेको भन्दै एकल रुपमा आफ्नो उम्मेद्वारी दिएको भएता पनि ४ मत प्राप्त गरी सम्पूर्ण प्यानलले नै हार व्यहोर्नु परेको छ । 

माथिल्लो तश्विर: निर्वाचित जिल्ला समन्वय समितिका सम्पूर्ण पदाधिकारीहरु । 

दोश्रो तश्विर: निर्वाचित प्रमूख दान ब. रावत र उपप्रमूख खगेन्द्र कार्की । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!