जिसस दोलखामा एमाले समूह विजयी

Posted on: 08 Aug, 2017

साउन २३, दोलखा । जिल्ला समन्वय समिति दोलखामा नेकपा (एमाले)का समूह विजयी भएका छन् । 

समितिको प्रमुखमा डबल पाण्डे र उपप्रमुखमा मनमाया जिरेलले १४ मत प्राप्त गरी विजयी भएका हुन् । 

समितिको आज भएको निर्वाचनमा कूल १८ मतमध्ये एमालेको समूहले १४ र काँग्रेस–माओवादीको गठबन्धनले चार मत प्राप्त गर्नुभएको हो । 

यसैगरी समितिका सदस्यमा एमालेका आइपी तामाङ, कमलकुमारी कार्की, गीता पोखरेल, विदुर शर्मा, युवराज घतानी, जितवहादुर श्रेष्ठ र मुरारी शिवाकोटी विजयी हुनुभएका छन् । निर्वाचित पदाधिकारीले आजै पदबहाली गर्नुभएका छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!