उग्रतारा सार्वजनिक यातायात व्यवसायीद्वारा जनप्रतिनिधिलाई सम्मान

Posted on: 09 Aug, 2017


ललित बोहरा/साउन २५, डडेल्धुरा । डडेल्धुरामा रहेका ७ वटै स्थानीय तहमा नवनिर्वाचि जनप्रतिनिधिहरुले ग्रामीण क्षेत्रका सडकहरुको स्तारउन्नती गर्ने प्रतिबद्धता जनाएका छन् ।

बुधबार जिल्ला समरमुकाममा उग्रतारा सार्वजनिक यातायात व्यवासायी समिति डडेल्धुराले आयोजना गरेका बधाई तथा स्वागत कार्यक्रममा जनप्रतिनिधिहरुले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् ।

बधाई तथा स्वागत कार्यक्रममा बोल्दै अमरगढी नगरपालिकाका प्रमुख विशेश्वर प्रसाद ओझा (विपिन)ले सडकहरुको स्तारउन्नती गर्नको लागि आफूले सडकको गुरु योजना बनाएर अगाडि बढ्ने बताएका छन् । 

उनले नरपालिकाका भित्ररहेका ग्रामीण सडकको स्थर सुधार धारण व्यक्त गरेका छन् । साथै उनले आगामी दुइ वर्ष बगबजार क्षेत्रको सडकलाई बिस्तार गर्ने समेत बताएका छन् ।

यस्तै सोही कार्यक्रममा बोल्दै गन्यपधुरा गाउँपालिकाका अध्यक्ष नवल मल्लले ग्रामीण सडकको अवस्था दयनीय भएको बताउँदै सडक सुधारमा हामी नवनिर्वाचित जनप्रतिनिधिहरुले ध्यान दिनु पर्ने बताएका छन् ।

सुरुमा सडक खन्न हतार हुने र पछि गाडि चलाउन पनि हतार हुने हुँदा ग्रामीण क्षेत्रका सडकहरु दर्घकाल सम्म टिक्न नसकेको अध्यक्ष मल्लको भनाइ थियो । 


उनले सडक निर्माण हुँदा दक्ष ईन्जिनियर नहुँदा पनि ग्रामीण क्षेत्रका सडकहरु वर्षै पिच्छे वर्षातको समयमा झत्किने धारण राखेका थिए । साथै उनले सम्बन्धित निकायले सडकको अनुगमन नगर्ने गरेको आरोप समेत लगाएका छन् ।

यस्तै कार्यक्रममा आफ्नो धारण राख्दै अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद भट्टले गाउँपालिकामा सडकको समस्या भएको भन्दै गाउँपालिकालाई सडक सञ्जाल बिस्तार गर्ने बताएका छन् ।

सडक सञ्जाल बिस्तारभए गाउँपालिकामा मिनी बस संचालनमा ल्याउने आफ्नो योजना रहेको अध्यक्ष भट्टले बताएका छन् । सडकहरु वातावरणमैत्री नभएको भन्दै सडकलाई वातावरण मैत्री बनाउनु पर्ने उनको धारण थियो । नवनिर्वाचित जनप्रतिनिधिहरु र यातायता व्यवसायीहरुले सहकार्य गरेर अगाडि बढ्नु पर्ने उनको भनाई थियो ।

 बधाई तथा स्वागत कार्यक्रममा बोल्दै उग्रतारा सार्वजनिक यातायात व्यवासायी समिति डडेल्धुराका अध्यक्ष सन्तोष खड्काले पहिलेको भन्दा अहिले ग्रामीण भेगका सडकहरु सुधार भएको बताएका छन् । ‘केही वर्ष अगाडि वर्षातमा ग्रामीण सडकमा गाडीहरु संचालन गर्न धेरै चुनैती थिए’ अध्यक्ष खड्काले भने अहिले केही सुधार भएको धारण व्यक्त गरे । साथै उनले जनप्रतिधिनिहरु साघुरा सडकहरुलाई चौडा बनाउन पनि अग्रह गरेका छन् ।

 उग्रतारा सार्वजनिक यातायात व्यवासायी समितिले दुई नपरपालिका र पाँच गाउँपालिकाका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्ष लाई दोसल्ला ओडाई सम्मनका साथै मायाको चिनो समेत प्रदान गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!