चुनावमा असहयोग गरेको भन्दै एमाले अर्घाखाँचीद्धारा ११ जनालाई कार्वाही

Posted on: 15 Aug, 2017

साउन ३१, सन्धिखर्क । नेकपा एमाले अर्घाखाँचीले पार्टीका एघार जनालाई स्थानिय तहको निवार्चनमा पार्टीलाई असहयोग गरेको ठहर गर्दै अञ्चल कमिटी सदस्य पिताम्बर सारु सिद्धीप्रसाद भुसाल सहित ११ जनालाई कार्वाही गरेको छ । 

त्यस्तै शिवकला विक, लेखनाथ भुसाल, गोपाल वस्याल, अम्मर पुरी, तोयनाथ खनाल, रुकबहादुर महत, मोहन महत, लेखनाथ आचार्य सहित ११ जनालाई लाई कार्वाही गरेको एमाले जिल्ला अध्यक्ष चेतनारायण आचार्यले जानकारी दिनुभयो ।

स्थानिय तहको निवार्चनमा पार्टीलाई असहयोग गरेकालाई छानवीन गर्नका लागी लागी पुर्व जिल्ला सचिव दलबहादुर भट्टराईको संयोजकमा ५ सदस्यीय समिती गठन गरेको आचार्यले बताउनुभयो । छानवीन जारी रहेको र त्यसको ठहर भएमा अझै जो सुकैलाई पनी कार्वाही गरिने अध्यक्ष आचार्यको भनाई छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!