थापाको निधन प्रति नेकपा मसाल अर्घाखााचीद्धारा दुःख ब्यक्त

Posted on: 15 Aug, 2017


साउन ३१, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी–६,हंशपुर निवासी समाजसेवी तथा नेकपा मसालका पार्टी सदस्य जंग बहादुर थापाको हिजो मकै खेतीमा आएको बांदर धपाउने क्रममा रिदयघात भइ भएको अकल्पनिय निधन प्रति नेकपा मसाल अर्घाखााचीले दुःख ब्यक्त गरेको छ ।

नेकपा मसालका जिल्ला सेक्रेटरी अशोकले आज एक प्रेस बिज्ञप्ती जारी गरी जंग बहाद’र थापाको निधनले आफ्नो जिवनकालको अधिकतम समय राजनितिको क्षेत्रबाट समाजसेवामा खर्चिनु भएका अर्घाखाँची जिल्लाकै कम्युनिष्ट पार्टीका एक कर्मठ इमान्दार कार्यकर्ता गमाएको भन्दै उहाँप्रति श्रदान्जली ब्यक्त गरेका छन् । 

सेक्रेटरी असोकले बिज्ञप्तीमार्फत उहाँको निधनले सिङ्गो जिल्ला पार्टी स्तब्ध भएको उललेख गर्दै शोक सन्तप्त परिवारजनमा समबेदना प्रकट गरेका छन् । साथै उहाँले पार्टी र जिललाको विकासमा पुर्याएको योगदानको नेकपा मसालले उच्च मुल्यांकन गरेको समेत बिज्ञप्तीमा उल्लेख गरिएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!