सुनसरीमा बसको ठक्करबाट बालिकाको ज्यान गयो

Posted on: 29 Apr, 2016

वैशाख १७, सुनसरी । आज दिउँसो सुनसरीको हरिपुर गाविस–१ स्थित चोकमा बसले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ ।

विराटनगरबाट धनगढीतर्फ जाँदै गरेको ना५ख ४०६४ नंको बसले ठक्कर दिँदा श्रीपुर–२ का मिथु खेरवारको १० वर्षीया छोरी पुष्पाको ज्यान गएको हो । बाटो काट्ने क्रममा बसले ठक्कर दिँदा बालिकाको घटनास्थलमै ज्यान गएको पप्पु यादवले बताए । बस प्रहरीको नियन्त्रणमा छ । शवलाइ परीक्षणका लागि जिल्ला अस्पताल इनरुवा ल्याइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!