सहकारी र गरिवी क्षेत्रमा देखिएका विकृती न्युनीकरण गर्छु— राज्यमन्त्री खड्का

Posted on: 26 Aug, 2017

सहकारी तथा गरिवी निवारण राज्यमन्त्री एंव कालिका भगवती गुठीका सल्लाहकार माननीय सांसद चम्पादेवी खड्काले सहकारी र गरिवी क्षेत्रमा देखिएका विकृती तथा समस्याहरुलाइ न्युनीकरणमा जोड दिने बताएकी छिन । नेपाली काँग्रेस जिल्ला कार्य समिति बागलुङले आयोजना गरेको स्वागत तथा बधाइ कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन । जिल्लाको विकास निर्माण सवै क्षेत्रसँग सहकार्य गर्दै अगाडी बढ्ने भन्दै राज्यमन्त्री खड्काले यहाँका सम्भावनाका क्षेत्रहरुलाई विकास गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।


प्राय चुनावमुखी हुँदा जिल्लाको विकास पछाडी परेको भन्दै उनले सवै पक्षसँगको सहयोगमा अगाडी बढ्ने बताईन । उनले यहाँका धार्मिक तथा पर्यटनका क्षेत्र,सहकारी र गरिवी निवारणका लागि आफुले ठोस कार्यक्रम ल्याउन पहल गरेको बताईन् । ‘श्रीमानले सदैव विकास र समाजसेवामा देखाउनु भएको योगदान मैलै विर्सेकी छैन्’ उनले भावुक हुदैँ थपिन् ‘उहाँको सपना साकार पार्न म तपाईकै सुझाव लिएर अगाडी बढ्ने छु ।’ एक फरक प्रसंगमा उनले चुनावमा पराजय भएभन्दैमा पार्टी विचलित नहुन आग्रह गरिन् । संगठन सुदृृढिकरण गरी जिल्लाको समग्र विकास निर्माणमा पार्टी एकजुट भएर लाग्नुपर्ने बताईन ।


कार्यक्रम नेपाली काँग्रेस जिल्ला कार्यसमिति सभापति दिपेन्द्रबहादुर थापाको अध्यक्षता,कोषाध्यक्ष उमेश गौतमको स्वागत र सचिव नवराज पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


राज्यमन्त्री खड्का बागलुङ आउने भनेपछि हजारौ कार्यकर्ताहरु स्वागत र बधाई दिन भीड लागेका थिए । उनी बागलुङ जिल्लाबाट पहिलो राज्यमन्त्री पदमा निर्वाचित भएकी हुन । त्यस्तै बागलुङकै खड्का समुदायमा जन्मेकी उनी राज्यमन्त्री हुने तेस्रो व्यक्ति हुन । यसअगाडी दिपबहादुर खड्का र तेजेन्द्र बहादुर खड्का नेपाल सरकारको राज्यमन्त्री भैसकेका हुन । नेपाली काँग्रेस क्षेत्र नम्वर १ बाट निर्वाचित सांसद खड्का धार्मिक, सामाजिक क्षेत्रमा आस्था राख्ने महिला सांसद हुन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!