कर्णालीमा तत्काल राष्ट्रिय प्रशारण लाइन जोड्ने उर्जामन्त्रीको प्रतिबद्धता

Posted on: 27 Aug, 2017


नन्दराम जैशी/भदौ ११, जुम्ला । उर्जा मन्त्री महेन्द्र बहादुर शाहिले कर्णालीमा तत्काल राष्ट्रिय प्रशारण लाइन जोड्ने प्रतिबद्धता गर्नुभएको छ । 

मुख्य कर्णाली र कर्णालीका सहायक नदिहरुमा हाइड्रोपावर उत्पादन क्षमताबारे संभाब्यता अध्ययनका लागि मुगु हुदै आइतबार दिउसो अचानक जुम्ला पुग्नु भएक उर्जा मन्त्री शाहिले कर्णालीमा तत्काल राष्ट्रिय प्रशारण लाइन जोड्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको हो । 

उहाले भन्नुभयो, एक महिना भित्रै काम थाल्ने गरी कर्णालीमा राष्ट्रिय प्रशारण लाइन जोडीने कार्य शुरु हुदैछ । जसका लागि ३३ केबि प्रशारण लाइन दैलेख हुदै कालिकोट, जुम्लाका लागि टेन्डर भैसकेकोछ । 

१ सय ३२ केबिको अर्को राष्ट्रिय प्रशारण लाइन दैलेख महाबै लेकहुदै कालिकोट, जुम्ला कर्णालीमा जोड्ने गरी काम थालिने मन्त्री शाहिले जानकारी दिनुभयो । कर्णालीमा देशकै सबैभन्दा बढि हाइड्रोपावर उत्पादन क्षमता रहेको दावि गर्दै हाइड्रोपावर उत्पादनका लागि ठुला योजना तयार पारीएको सकेत उहाँले बताउनुभयो । उर्जा मन्त्री शाहिसँगै मन्त्रालयको टोलि, हाइड्रोपावर उत्पादनमा लगानि गर्ने चिनिया टोलि र इन्जीनियरको टोलि आइतबार अचानक हेलिकप्टर मार्फत जुम्ला आइपुगेको हो । 

उक्त टोलिले मुगु कर्णाली र जुम्लाको तिला कर्णालीसँगै मुख्य कर्णाली नदिमा हाइड्रोपावर उत्पादन क्षमताबारे संभाब्यता अध्ययन गरेको छ । उर्जा मन्त्री शाहिले भन्नुभयो, जुम्ला आउने पुर्व योजना त थिएन । तर मुगु हुदै जुम्ला आइ पुगेका हौ । 


कर्णालीमा जलस्रोत प्रयाप्त मात्रामा भएपनि साना साना बाहेक ठुला जलविधुत्का आयोजना छैनन् । अब निर्माण हुने ठुलो आयोजनाले कर्णालीमा मात्र नभइ अन्य जिल्लामा पनि विधुत् बिक्रि गर्न पुग्नेछ । 

कर्णालीले सँगै खरीद गरेर मात्र खाने होइन् अब विधुत् बेचेर पैसा भित्र्याउने समय हो, उहाँले भन्नुभयो । कर्णाली र कर्णालीका सहायक नदिको सर्भे गरेर कँहा कति वटा हाइड्रोपावर उत्पादन हुन्छ भन्ने बिषयमा काठ्माडौमै छलफल गरी गुरु योजना तयार पारिने उर्जा मन्त्री महेन्द्र बहादुर शाहिले जानकारी दिनुभयो । 

कर्णाली करिडोर ४ सय केबि प्रशारणलाइन टेन्डर भैसकेको भन्दै निर्माण कार्य सम्पन्न पछि कर्णाली उज्यालो बन्ने उहाले आश्वासन दिनुभयो । एक फरक प्रशंगमा उहाले अहिलेका लागि सरकारको मुख्य प्रथामिकता समयमै तिनै चरणको निर्वाचन सम्पन्न गराउने रहेको बताउनुभयो । 

साथै नव निर्वाचित जन प्रतिनिधिहरुलाइ आफ्नो ठाँउको विकासका लागि आफैबाट पहल शुरु गर्न आग्रह गर्दै विकासमा असल नेतृत्वको खाँचो रहेको तर्क गर्नुभयो ।  

 

 उर्जामन्त्री महेन्द्र बहादुर शाहिलाई जुम्ला एरपोर्टमा स्वागत गरीदै । तस्वीर: नन्दराम जैशी, जुम्ला   

   


यस बिषयमा तपाइको प्रतिक्रिया...!