२ नं प्रदेशको निर्वाचनमा एमाले पहिलो हुन्छ: ज्ञवाली

Posted on: 02 Sep, 2017

नन्दराम जैशी/भदौ १७, जुम्ला । नेकपा एमालेका केन्द्रीय उपाअध्यक्ष तथा प्रदेश नं ६ का संयोजक युवराज ज्ञवालीले २ नं प्रदेशको स्थानिय तह निर्वाचनमा एमाले पहिलो हुने दावि गर्नुभएको छ । 

पहिलो र द्रोसो चरणको स्थानिय तह निर्वाचनमा एमाले पहिलो हुन सफल भएको भन्दै २ नं प्रदेशका जनता पनि एमालेको पक्ष रहेको उहाँको भनाइ छ । जनता आफ्नो पक्षमा नभएपछि अन्य दलहरु डराएर एमालेका चुनाबि कार्यक्रम भाड्न आयोजनामा रहेको र एमालेलाइ मधेष बिरोधिको आरोप लगाउने गरेको उहाँले तर्क गर्नुभयो । 

संगठन सुदृढीकरण अभियानको क्रममा जुम्ला पुग्नु भएका एमाले केन्द्रीय उपाअध्यक्ष ज्ञवालिले यस्तो बताउनुभएको हो । उहाले भन्नुभयो, स्थानिय चुनाबमा मधेषि जनताबाट हामिले राम्रो साथ पाएका छौ, र एमाले पनि मधेषि जनताको हक हितको पक्षमा उभिएको छ । निर्वाचनमा सबै क्षेत्रबाट सफलता प्राप्त गर्नुनै एमाले जनताको पक्षमा र जनता एमालेको पक्षमा रहेको देखिन्छ । 

उहाँका अनुसार प्रदेश नं ६ का १० जिल्लामा जिल्ला कमिटिको बैठक बस्ने, कार्यकर्ता भेला गर्ने, जिल्ला कमिटिको योजना बनाउने र संगठन विस्तार तथा सुदृढीकरण गर्ने अभियान एमालेले अघि बढाएको छ ।       

उहाँले भन्नुभयो, एमाले असंलग्न परराष्ट निति अनुसार अघि बढेको छ । कुनै मुलुको पक्ष र कुनैको विपक्षमा लागेको छैन । छिमेकि देशले सुझाब, सल्लाह भनेर दिएको निर्देशन एमाले पालना गर्दैन एमाले जनताको हितहुने निर्णयमा मात्र लाग्ने ज्ञवालिको भनाइ छ ।   

प्रधानमन्त्री देउवाले भारत भ्रमणको क्रममा एमालेको कारण संविधान संसोधन कार्य असफल भएको हो । भन्ने भनाइ प्रति उहाँले आपत्ति जनाउनुभयो । प्रधानमनत्री वा कुनै नेता विदेश भ्रमणको बेला गलत बोल्न नहुने तर्क गर्दै एमाले भारत विरोधि र चिन पक्ष नभइ दुबै देशको पारस्परीक लाभ, सम्मान र आपसी समानताको आधारमा ब्यवहार गर्दै जाने बताउनुभयो ।         

 एमाले सार्बभौम सत्ता र राष्टिय अखण्डतालाइ ध्यानमा राखेर अधि बढ्दै दुबै छिमेकि मुलुकसँग मित्रताको ब्यवहार गर्ने उपाअध्यक्ष ज्ञवालिको भनाइ छ । भारत र चिनसँग नेपालको सिमना जोडिएकोले कुनैबेला सिमा नदि लगाएतका प्राकृतिक स्रोतका बिषयमा विभेद भएमा बिषयगगत आधारमा एमाले निष्कर्ष निकाल्नने उहाको तर्क छ । 

भारतले अहिले सडक विस्ताको निहुमा बाँध बनाएर नेपाललाइ डुवानमा पार्ने कार्य गरेको अवगत गराउदँै अन्तराष्टिय कानुनको उल्लंघन गरेको उहाँको भनाइ छ ।     

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!