'मंसिरमा निर्वाचन नभए देशमा सवैधानिक संकट उत्पन्न हुन्छ'

Posted on: 08 Sep, 2017

भदौ २३, पाल्पा । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले राष्ट्रियसभासम्बन्धी ऐन छिटो संसदमा पेश हुने बताउनुभएको छ । राष्ट्रियसभासम्बन्धी विधेयक बनाउने काम छिटो हुने उहाँले बताउनुभयो ।  

प्रेस सेन्टर पाल्पा शाखाद्वारा तानसेनमा आज आयोजित पत्रकारसम्मेलनमा उहाँले प्रदेश र संघको निर्वाचन मंसिरमा हुन नसकेमा देशमा संवैधानिक संकट उत्पन्न हुने बताउनुभएको छ । संवैधानिक संकट उत्पन्न हुनबाट देशलाई जोगाउन मंसिरमा नै निर्वाचन गर्नुको अर्को विकल्प नभएको उहाँको भनाइ थियो । 

तीनै चरणको निर्वाचन सम्पन्न भएपछि संविधानको कार्यान्वयन हुने बताउँदै उहाँले त्यसका लागि सबै क्षेत्रको सहयोग गर्नुपर्ने बताउनुभयो । प्रदेश नम्बर २ निर्वाचनपछि माओवादी पहिलो शक्ति बन्ने उहाँले दाबी गर्नुभयो । 

शान्तिपूर्ण र मर्यादित रुपमा मंसिरमा निर्वाचन गराउन सरकारलाई राजनीतिक दल, नागरिक समाज र सञ्चारलगायत सबै क्षेत्रको सहयोग चाहिएको बताउनुभयो । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!