कुमार लिङ्देनको ओपन सेक्रेटः 'डेढ वर्षभित्र विशाल संघीय क्रान्ति हुन्छ'

Posted on: 10 Sep, 2017


प्रकाश धौलाकोटी | भदौ २५, तेह्रथुम | संघीय लोकतान्त्रिक राष्टिय मन्चका अध्यक्ष कुमार लिङदेन ‘मिराक’ले नेपालमा डेढ वर्षभित्र विशाल संघीय क्रान्ति गर्ने घोषणा गर्नुभएको छ । संघीयता विरोधीहरु हाबी हँुदा बहुदलीय व्यवस्थामा पनि अल्पमतले बहुमतलाई शासन गर्नु लज्जास्पद भन्दै अध्यक्ष लिङ्देनले त्यसको विरोधमा विशाल संघीय क्रान्तिको तयारी गरिरहेको बताउनुभयो ।

तेह्रथुमको म्याङलुङ्गमा आइतबार अपरान्ह आयोजित पत्रकार सम्मेलनमा बोल्दै लिङ्देनले सो क्रान्तिका लागि १० वटै प्रान्तबाट बीस–बीस हजार भोलेन्टियर्स तयार गर्ने बताउनुभयो । आगामी प्रदेश र संघको चुनावको पनि आलोचनात्मक समर्थन सहित उपभोग गर्ने लिङ्देनले बताउनुभयो ।

लिङ्देनले नेपाल संवैधानिक रुपमै संघीय संरचनामा गएसँगै गाउँपालिका, नगरपालिकाहरुको समायोजित नाम समेत पहिचानकै आधारमा राखिएकोप्रति इङ्गित गर्दै लिम्बुवानी आम्दोलन सफलता नजिक पुगेको बताउनुभयो । उहाँले लिम्बुवानमा झैँ खम्बुवान, ताम्सालिङ वा अन्य ठाउँहरुमा पहिचानको आन्दोलन अघि नबढेको दाबी गर्नुभयो ।

अध्यक्ष लिङदेनले लिम्बुवानको ऐतिहासिक पहिचान प्राप्तिको लागि यहाँका सबै जाति, भाषी र पेशा व्यवसायीको लगानी हुने वातावरण बनाउन १२ वर्षदेखि आन्दोलनरत रहेको सम्झँदै अब अन्तिम आन्दोलनमा तयारी गर्न निर्देशन गर्नुभयो । लिङदेनले एमाले संघियता बिरोधी भएको आरोप लगाउँदै अझै दशौँ वर्षसम्म अल्पमतमा पर्ने र पारेर छाड्ने उद्घोष गर्नुभयो ।

पहिचानको आन्दोलनलाई कांग्रेस र माओबादीले समर्थन गर्नेमा आफु बिश्वस्त रहेको र संघीय सह–अश्तित्ववादले मात्रै मुलुक सञ्चालन हुन सक्ने तर्फ उनको जोड थियो । अध्यक्ष लिङ्देनले नेपालका पुराना पार्टीहरुलाई नोकिया मोवाईलको संज्ञा दिनुभयो । कुनैपनि वस्तु या पार्टी समय सापेक्ष चल्न नसकेमा बिना कसुर नोकिया मोवाईल विश्व बजारबाट लोप भएजस्तै संघीयता र पहिचान विरोधी पार्टीहरु पनि आफैँ पतन भएर जाने उहाँले बताउनुभयो ।

आइतबार सम्पन्न संघीय लिम्बुवान मन्चको दोश्रो जिल्ला अधिवेशनले विजय निङलेकुको अध्यक्षतामा ३५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । अधिवेशनबाट नयाँ  कार्य समितिको उपाध्यक्षमा राजेश लिम्बु, हेमकुमार पाक्साँवा र राजेश इङ्गनाम, सचिवमा नेत्रकुमार खापुङ, महिला सचिवमा चुङ्वान्मा कन्दङ्वा, अर्थ सचिवमा सन्तकुमार लिम्बु चयन भएका छन् ।

यस्तै सचिवालय सदस्यमा भीम तेयुङ, सोम लुङ्फुङ्वा र बिकास इङ्नाम चयन भएका छन् । सदस्यहरुमा लाखबहादुर तेयुङ, गुमासिंङ सेने, विनोद मादेम्बा, मदिना लिम्बु, विनु लिम्बु, नरमाया नेपाली, चन्द्रकला लिम्बु, तिलविक्रम चोङवाङ, जमीत लिम्बु र मनकुमार लिम्बु रहेका छन् । 

यस्तै आइतबहादुर लिम्बु, मदनकुमार लिम्बु, हाङनारायण ईङनाम, कर्ण कन्दङवा, कुमार ईङनाम, गीता ईङनाम, चन्द्रबहादुर विक, नारायणकुमार ईङनाम, जयकुमार लिम्बु, तिलोकसिङ लिम्बु, सुन्दर फोम्बो, भीमराज चोङवाङ, ओमबहादुर लिम्बु, चित्रराज आङवुङ र ललिता लिम्बु निर्वाचित भएका निर्वाचन मण्डलका संयोजक केन्द्रीय महासचिव यलम्बर खम्बुले जानकारी दिए । 

केन्द्रीय अध्यक्ष कुमार लिङदेन सहित केन्द्रीय नेताहरु समेत सहभागी अधिवेशनपछि पार्टी प्रशिक्षण तथा वैचारिक छलफल कार्यक्रम समेत सम्पन्न भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!