'साउथ इन्डियन हिरो' जस्ता लाग्ने रहबर 'साउथ नेपाल'मा हिरो बन्लान् ?

Posted on: 11 Sep, 2017

भदौ २६, बिरगंज | यी हुन् बिरगंज महानगरपालिकाका मेयर पदमा उम्मेदवार रहबर अन्सारी  । यिनी आउँदो असोज २ गते प्रदेश नम्बर २ मा हुने तेश्रो चरणको निर्वाचनमा उत्साहको साथ चुनावी दौडमा छन् । 

शैक्षिक तथा बौद्धिक रुपमा निकै अगाडी रहेका रहवर एउटा सुन्दर र समुन्नत वीरगञ्जको कल्पना सहित उम्मेदवार बनेको बताउँछन् । ३१ बर्षीय रहवरले बिरगंजमा समृद्धिको लागि आफुले उम्मेद्वारी दिएको बताएका छन् । हंगेरीको बुडापेष्टस्थित सेन्ट्रल युरोपियन युनिभर्सिटीबाट सार्वजनिक नीति र शासन प्रणालीमा स्नाकोत्तर गरिसकेका अन्सारी युवाहरु माझ लोकप्रिय त यसैपनि छन् त्यसमा पनि अहिले उम्मेदवार उठेपछि उनको चर्चा निकै चुलिएको छ ।

केहि युवा त उनको स्ट्रक्चर र स्टाइलको प्रशंसा गर्दै 'साउथ इन्डियन हिरो' को उपमा समेत दिएका छन् । उनको लगाई र हिडाईको स्टाइल एउटा अनुभवी 'लिडर'को भन्दा कम छैन । त्यसमा पनि उनि राजनीतिक रुपमा निखारिदै, शैक्षिक रुपमा पनि राजनीतिलाई नै केन्द्रविन्दुमा राखेर अघि बढेका हुनाले छिट्टै धेरैको नजरमा पर्न सफल भएका छन् । अब उनको चर्चा साउथ नेपालमा असोज २ पछी चुलिन्छ वा घट्छ हेर्न भने बाँकी छ । बिरगंजका जनताले उनको नेतृत्वलाई स्वीकार गर्लान् वा नगर्लान् अहिलेनै भन्न नसकेपनि रहबरले भने बिरगंजमा युवाको साथ पाउने विश्वास गर्दै जित्ने दावी गरेका छन् ।


आफ्नो प्राथमिकता युवा भएको बताउने रहवर बिरगंजको अव्यवस्थित सहरलाई व्यवस्थित बनाउन चाहन्छन् । उनको नारा नै छ - 'करले होइन रहरले जाउँजाउँ लाग्ने वीरगञ्ज बजार बनाउने छु' । त्यस्तै वाइफाइयुक्त स्मार्ट वीरगञ्ज बनाउने उनको योजना छ । त्यस्तै अन्तराष्ट्रिय स्तरको स्पोर्ट क्लब पनि उनको मुख्य प्राथमिकतामा छ । 

यस्ता छन् बिरगंज महानगरमा रहबरका योजना: 




राजनीतिक भाषणमा मात्र नभई ब्यबहारमै पनि रहवर सक्रिय छन् । उनले बिरगंजलाई समृद्ध बनाउने अभियानमा युवाले साथ दिने विश्वास समेत व्यक्त गरेका छन् । अहिलेसम्म राजनीतिको कारण युवा-युवाबीच दरार आईरहेको अवस्थामा रहवरले युवा-युवा बीच एकताको वातावरण बनाउने समेत दावी गरे । त्यस्तै बिरगंज महानगरको प्रशासनिक काम अनलाइन सिस्टममा लाने उनको योजना छ । 
माओवादी केन्द्रको जिल्ला कमिटी सदस्य उनलाई भदौ २ गतेको माओवादी केन्द्रको निर्णयले वीरगञ्ज महानगरको मेयर उम्मेदवार घोषणा गरेको थियो । पर्सा जिल्लामा माओवादी केन्द्रको स्थिति त्यति राम्रो नभएपनि युवा नेतृत्वलाई छान्ने उनको विश्वास छ । हारेपनि उनले यो नै अन्तिम लडाई नभएको बताएका छन् । उनले भनेका छन् - 'उम्मेदवारको योग्यता र क्षमतालाई चिन्नुपर्छ।’ 


अहिले रहबर निर्वाचनको दौडमा छन् । जनतासँग आफुलाई जिताउन भन्दै भोट माग्ने कार्यमा उनि निकै व्यस्त देखिन्छन् । 

बिरगंज महानगरमा निर्वाचनका लागि कांग्रेसका तर्फबाट प्रमुखका उम्मेदवार अजय द्विवेदी र एमालेबाट बसुरुद्धिन अन्सारी चुनावी प्रतिश्पर्धामा छन् । त्यस्तै अर्का उम्मेदवार संघीय समाजवादी फोरम नेपालका विजय सराबगी, राजपाका प्रमुखका उम्मेदवार राजेशमान सिंह र राष्ट्रिय जनता दलका मनोज रौनियार पनि चुनावी प्रतिष्पर्धामा छन् ।

वीरगञ्ज महानगर क्षेत्रभित्र ३२ वडा रहेको छ भने त्यहाँ एक लाख आठ हजार ५०१ मतदाता रहेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!